• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


ट्याक्टर दुर्घटना हुँदा  खोटाङमा एक युवाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा  खोटाङमा एक युवाको मृत्यु

images

प्रभाव न्यूज

४ फाल्गुण २०७७
  • 29.9K
    SHARES
  • images
    ट्याक्टर दुर्घटना हुँदा  खोटाङमा एक युवाको मृत्यु
    दिक्तेलस्थित अल्छेढुङ्गामा ट्याक्टरले ठक्कर दिएपछिको घटनास्थल
    images
    images
    images

    खोटाङ -   ट्याक्टर दुर्घटना हुँदा खोटाङमा एक यूवाको मृत्यु भएको छ।

    images

    मंगलबार दिउँसो दिक्तेलस्थित अल्छेढुङ्गामा ट्याक्टर दुर्घटना हुँदा खोटेहाङ गाउँपालिका वडा नम्बर–१ लिकुवापोखरी घर भएका अन्दाजी १९ वर्षका सञ्विज खड्काको मृत्यु भएको हो। 
    घटनाको विषयमा थप अनुसन्धान भइरहेको घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्द कुमार शाहले जानकारी दिए।

    सोल्माबाट दिक्तेल आउँदै गरेको को २ त ८५७९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको उनको भनाई छ। ट्याक्टर ओभर स्पिडमा कुदाईएको र घटना घटेको हुन सक्ने अनुमान गरिएको शाहको भनाई छ।

    images
    images

    प्रकाशित :फाल्गुण ४, २०७७ मंगलवार - १३:१२:४१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij