• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


अझै गएन चिसो - नेपालमा पश्चिमी वायु पस्यो : आज वर्षा र हिमपात हुने

अझै गएन चिसो - नेपालमा पश्चिमी वायु पस्यो : आज वर्षा र हिमपात हुने

images

प्रभाव न्यूज

४ फाल्गुण २०७७
  • 12.8K
    SHARES
  • images
    अझै गएन चिसो - नेपालमा पश्चिमी वायु पस्यो : आज वर्षा र हिमपात हुने
    images
    images
    images

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अझै पनि नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।

    images

    महाशाखाका अनुसार प्रदेश न १, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

    यसैगरी, महाशाखाले जारी गरेको आज दिउँसोको मौसम पूर्वानुमानका अनुसार प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदलीको संभावना रहेको छ। यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ । त्यसैगरी, रातिमा भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदलीको संभावना रहेको छ।

    images

    त्यस्तै, राति उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

    images

    images
    images

    प्रकाशित :फाल्गुण ४, २०७७ मंगलवार - ०७:२४:५४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij