• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


एका बिहानै आयो यस्तो खवर : कोलादो प्रहार गरी एक जनाको हत्या, अन्य पाँच घाइते

एका बिहानै आयो यस्तो खवर : कोलादो प्रहार गरी एक जनाको हत्या, अन्य पाँच घाइते

images

प्रभाव न्यूज

४ फाल्गुण २०७७
  • 18.4K
    SHARES
  • images
    एका बिहानै आयो यस्तो खवर :  कोलादो प्रहार गरी एक जनाको हत्या, अन्य पाँच घाइते
    images
    images
    images

    बागलुङ - बागलुङको काठेखोला गाउँपालिका-२ भीमपोखरा दपासामा मानसिक सन्तुलन ठीक नभएका एक व्यक्तिले कोलादो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन्। अन्य पाँच घाइते भएका छन् ।

    images

    मानसिक सन्तुलन ठीक नभएका स्थानीय सोमबहादुर किसानले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएका स्थानीय ८४ वर्षीय यामबहादुर केसीको धवलागिरि अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो।

    कोदालो प्रहारबाट गम्भीर घाइते भएका ६५ वर्षीया विष्णुमति चापागाईँ र ३६ वर्षीया लक्ष्मी चापागाईँलाई धवलागिरि अस्पताल बागलुङमा उपचारपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा सिफारिस गरिएको छ। अन्य घाइते ३८ वर्षीया देवी गौतम, उनका छ वर्षीय छोरा अमृत गौतम र १९ वर्षीया छोरी अनिता गौतमको धवलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए।

    कोदालो प्रहार गर्ने सोमबहादुरलाई दोबिल्ला प्रहरी चौकी अक्षतेको प्रहरी टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्याइएको पौडेलले बताए ।

    images

    images
    images

    प्रकाशित :फाल्गुण ४, २०७७ मंगलवार - ०७:१९:४९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij