• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


खोटाङ : साथीको आमालाई भेटेर फर्कदै गरेका राकेशको जुगु भीर बन्यो काल !

खोटाङ : साथीको आमालाई भेटेर फर्कदै गरेका राकेशको जुगु भीर बन्यो काल !

images

प्रभाव न्यूज

३० माघ २०७७
  • 24.2K
    SHARES
  • images
    खोटाङ :  साथीको आमालाई भेटेर फर्कदै गरेका राकेशको जुगु भीर बन्यो काल !
    images
    images
    images

    खोटाङ - भीरबाट लडेर खोटाङमा एक जनाको मृत्यु भएको छ । साथीको आमालाई भेटेर फर्कनेक्रममा इलामको सूर्यादय नगरपालिका वडा नम्बर -४ घर भएका ३० वर्षीय राकेश राईको मृत्यु भएको हो ।

    images

    हलेसी तुवाचुङ नगरपालिका वडा-७ महादेवस्थानस्थित जुगु भीरबाट लडेर करिव ३० मिटर तल खसेका राई घटनास्थलमै मृत अवस्थामा फेला परेको इलाका प्रहरी चौकी हलेसीका प्रहरी निरीक्षक दिनेशप्रसाद खरेल जानकारी दिए।

    साथीको आमालाई भेटेर फर्किएका राई जुगुभीरमा भुँइमा खसेको बाँसको पातमा चिप्लीएर लडेको हुन सक्ने प्राररम्भीक अनुशन्धानबाट खुलेको खरलेको भनाई छ।

    बिहिबार साँझ ७ बजे राईलाई लडेर मृत अवस्थामा स्थानीयबासिले भेटेपछि प्रहरीलाई जानकारी आएको खरेलको भनाई छ।

    images

    लामो समयदेखि होटल संचालन गर्दै आएका मृतक राईका दिदी भीनाजुलाई होटेल संचालन गर्न सहयोग गर्दै आएका मृतक राई साथीको घर गई फर्कने क्रममा लडेको बताइएको छ। राईको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको प्रहरीले बताएको छ ।

    images

    images
    images

    प्रकाशित :माघ ३०, २०७७ शुक्रवार - १६:३४:३१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij