• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


आफूले पाएको पुरस्कारबाट पत्रकार राईले गरिन टुहुरा बालबच्चालाई शैक्षिक सामग्री सहयोग

आफूले पाएको पुरस्कारबाट पत्रकार राईले गरिन टुहुरा बालबच्चालाई शैक्षिक सामग्री सहयोग

images

प्रभाव न्यूज

३० माघ २०७७
  • 14.9K
    SHARES
  • images
    आफूले पाएको पुरस्कारबाट पत्रकार राईले गरिन टुहुरा बालबच्चालाई शैक्षिक सामग्री सहयोग
    images
    images
    images

    खोटाङ जिल्लाकी पत्रकार कृष्णकला राई (सुनिता) ले पुरस्कार स्वरुप पाएको रकमबाट टुहुरा वालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेकी छन्।

    images

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङको गत माघ २५ गते सम्पन्न नवौं साधारणसभामा क्रियासिल पत्रकारिता पुरस्कार स्वरुप दुई हजार पाँच सय रुपैयाँ पाएकी पत्रकार राईले बाबुआमा बिहिन बनेका ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेका रविन सार्की, संगीता सार्की र सविन सार्कीलाई झोला, कापी र डटपेन प्रदान गरेकी हुन्।

    पत्रकार राईले आइएमई गरेर पठाएको सहयोग रकमबाट आफ्नो एफएम ओखलढुंगाकी स्टेशन मेनेजर बिनुमायाँ राईले बिहिबार झोला, कापी र डटपेन खरिद गरेर टुहुरा वालबच्चालाई हस्तान्तरण गरेकी छन्।

    आगलागीमा घाईते भएकी आमा निरु सार्कीको उपचारकाक्रममा मृत्यु भएको तथा केही समयपछि बेपत्ता भएका बाबुको जंगलमा कंकाल फेला परेपछि अभिभावक बिहिन अवस्थामा दिनचर्य विताइरहेका अनाथ वालबालिकाको सहयोगमा पुरस्कार रकम खर्च गरिएको पत्रकार राईले बताईन्।

    images

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङको सदस्य रहेकी राई खोटाङखबर साप्ताहिक, खोटाङटुडे डटकम लगायतका सञ्चार माध्यमममा आवद्ध छिन्।

    images

    साविकको थाक्ले-२ का रविन, संगीता र सविनको आमा निरुको आगलागीमा घाईते भएको अवस्थामा उपचारकोक्रममा सामुदायीक मिसन अस्पताल ओखलढुंगामा २०७४ साल चैत २१ गते मृत्यु भएको थियो। यस्तै, २०७६ साल मंसिर ९ गतेदेखि बेपत्ता भएका बाबु लिले सार्कीको कंकाल २०७७ साल कात्तिकमा घाँसदाउरा गएका स्थानीयले फेला पारेका थिए।

    तीन बालबच्चाको संरक्षण, पालनपोषण र शिक्षादिक्षाका लागि आवश्यक सहयोग गर्न मानेभञ्ज्याङ गाउँपालिकाको आग्रहमा जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सिफारिस दिइसकेको छ। १४ वर्षका रविन कक्षा ६ मा, १२ वर्षकी संगीता कक्षा ५ मा र १० वर्षका सविन कक्षा २ मा अध्ययनरत छन्।

    काँधमा घरको अभिभावकत्वको दायीत्व आएपछि पढाई छाडेका रविन आफ्नो एफएमकी स्टेसन मेनेजर राई लगायतको प्रोत्साहनमा पुःन हप्ता दिन अघिदेखि विद्यालय जान थालेका छन्।

    बाबुआमा गुमाएपछि अनाथ बनेका बालबच्चाको अवस्था दयनीय बनेको छ। वालबच्चाको पालन पोषण, शिक्षादिक्षा तथा संरक्षण गर्ने कोही अभिभावक नभएकाले दीर्घकालिन आवास र शिक्षादिक्षा व्यवस्थापनको लागि मानेभञ्ज्याङ गाउँपालिकाको सिफारिसको आधारमा ओखलढुंगाका सहायक प्रमुख जिल्ला अधिकारी मनिता कार्कीले माघ १४ गते आवश्यक सहयोगका लागि सिफारिस दिइसकेका छन्।

    images
    images

    प्रकाशित :माघ ३०, २०७७ शुक्रवार - ०८:३८:१७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij