राति शौच गर्न निस्केकी मोरङको जहजा गाउँपालिका-१ की १४ वर्षीया बालिकालाई दुई युवकले अपहरण गरी बलात्कार गरेका छन्।
आफन्तका अनुसार सोमबार राति साढे ९ बजेतिर पिसाब फेर्न घरबाहिर निस्केकी बालिकालाई दुई युवकले अपहरणको शैलीमा मोटरसाइकलमा राखी लगेका थिए।
उनीहरुले दुई घण्टापछि बालिकालाई उनकै घरनजिक छाडेर भागेका थिए। युवकले को २२ प १८१६ नम्बरको मोटरसाइकल प्रयोग गरेको प्रहरीले जनाएको छ। ‘म शौच गर्न बाहिर निस्किएको समयमा जबर्जस्ती मोटरसाइकलमा राखेर लगे,’ पीडित बालिकाले भनिन्, ‘सडकमा दुईजना केटाहरु बसेका रहेछन्, मैले देखिनँ ।
एक्लै भएको मौका पारेर उनीहरुले जबरजस्ती मेरो मुख थुनेर बाइकमा बसाएर लगे ।
चिच्याउन लाग्दा मुखमा सल कोचे।’ घरदेखि धेरै टाढा रानी भेडयारीको मकैबारीमा लगेर मार्ने धम्की दिइ आफूलाई जबर्जस्ती गरेको ती बालिकाले बताएको खवर आजको नागरिक दैनिकमा प्रकाशित छ।