खोटाङ, चैत २७- कोभिड-१९ संक्रमित शुन्य जिल्ला बनेको छ । बाँकी दुई सक्रिय संक्रमितले कोभिड-१९ को संक्रमण जितेसँगै आइतबारदेखि जिल्ला संक्रमितमुक्त जिल्ला बनेको हो।
आठ गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा आइतबार २५ जनाको एन्टीजेन परीक्षण गर्दा कसैलाई पनि संक्रमण पुष्टि नभएको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भीष्म पाण्डेले जानकारी दिए।
जिल्लामा कोरोना संक्रमणको पहिलो, दोस्रो र तेस्रो लहरमा गरी ३ हजार ५०२ जनालाई संक्रमण पुष्टि भएकामा ३ हजार ४५८ जनाले संक्रमण जितेको स्वास्थ्य कार्यालयले जनाएको छ।
हालसम्म जिल्लाका १ लाख २१ हजार ४३० जनाले पहिलो मात्राको र १ लाख ७ हजार ४२ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन्।
कोभिड–१९ को पहिलो र दोस्रो लहरमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए।
जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पतालसहित ७ अस्पतालमा २३४ बेड उपलब्ध छ।
यस्तै, १ थान भेन्टिलेटर, ७ वटा एम्बुलेन्स, २०० थान अक्सिजन सिलिण्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले संक्रमणबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको ।
