खोटाङ, चैत २७ खोटाङको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले सरकारी गाडी फिर्ता गरेका छन्।
गाउँपालिकाको सभाहल उद्घाटन एवं विशेष गाउँसभाको अवसरमा शुक्रबार गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेलले आफुले प्रयोग गर्दैआएको गाडी फिर्ता गरेका हुन् ।
गाउँपालिका अध्यक्ष निरौलाले आफुले चढ्दै आएको बा २ झ ३४९६ नम्बरको स्कार्पियो गाडी र उपाध्यक्ष भुजेलले आफुले प्रयोग गर्दैआएको बा २ झ ४३९४ नम्बरको गाडीको चाँबी गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवलाई हस्तान्तरण गरेका छन्।
गाउँपालिका अध्यक्ष निरौला र उपाध्यक्ष भुजेलले निर्वाचन आचार संहिता लागू हुन लाग्दा गाडी फिर्ता गरेका हुन्।
ऐसेलुखर्क गाउँपालिकामा अध्यक्षको प्रयोजनकालागि २०७४ सालमा र उपाध्यक्षको प्रयोजनकालागि २०७५ सालमा गाडी खरिद गरिएको थियो।
जनताको नासोको रुपमा प्रयोग गर्दै आएको गाडी फिर्ता गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए।