• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


सडक हेरालुलाई यातायात व्यवसायी गरे सम्मान

सडक हेरालुलाई यातायात व्यवसायी गरे सम्मान

images

प्रभाव न्यूज

२७ चैत्र २०७८
  • 9.1K
    SHARES
  • images
    सडक हेरालुलाई यातायात व्यवसायी गरे सम्मान
    images
    images
    images

    खोटाङ, चैत २७-  खोटाङ यातायात प्रालिले सडक हेरालु हर्कराज तामाङ (मटक)लाई सम्मान गरेको छ।

    images

    दिक्तेल–हलेसी सडक कच्ची भएको समयमा झण्डै एक दशकसम्म हातमा कुटोकोदालो, गैंतीबेल्चा, झम्पल लिएर पिठ्युँमा डोको र नाम्लोको सहायताले ढुंगा बोकेर यातायात सञ्चालनमा पु-याएको योगदानको कदर गर्दै यातायात प्रालिले तामाङलाई ३५ हजार ५५५ सहित सम्मान–पत्र प्रदान गरेको छ।

    दिक्तेलको किरातचोक (रत्नपार्क)स्थित काउण्टर अगाडि शुक्रबार आयोजित कार्यक्रममा कांग्रेसका उपसभापति तिर्थराज भट्टराई, खोटाङ यातायात प्रालिका अध्यक्ष टेकेन्द्र राई, प्रालिका प्रमुख सल्लाहकार बुद्धिबिनोद लुईटेल लगायतले सडक हेरालु तामाङलाई दोसल्ला ओढाएर नगद तथा सम्मान–पत्र हस्तान्तरण गरेका थिए।

    हेलीकोप्टरबाट सवारी साधन भित्र्याएर यातायात सञ्चालन सुरु गरिएको जिल्लामा २०६३ सालदेखि २०७४ सालसम्म तामाङले वर्षा याममा सडक मर्मत गर्दै सवारी साधन सञ्चालनमा सहयोग पु-याएका थिए। पुष्पपाल मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने हलेसी–दिक्तेल सडक कालोपत्रेको काम २०७६ सालमा सम्पन्न भएको हो ।

    images

    सोही कालोपत्रे हुनुभन्दा अगाडि तामाङले एक दशक बढी समयसम्म सडक हेरालुका रुपमा काम गरेका थिए। ‘यस जिल्लामा यातायातका साधनहरु पर्याप्त मात्रामा भित्रिदै जाँदा सडकको खराव अवस्थाको कारण दिक्तेलबाट छुटेका मालबाहक वा यात्रुबाहक सवारी साधन कहिले दिक्तेल कारागार नजिक, कहिले हुर्लुङसम्म पुगेर बस्नुपर्ने वाध्यत्मक परिस्थितिलाई बिर्सन सकिन्न,’ खोटाङ यातायात प्रालिका अध्यक्ष राईले भने, ‘दिक्तेलदेखि हलेसीसम्म सवारी साधनहरु नरोकियोस् र यात्रुले दुःख भोग्न नपरोस् भनेर बिहानदेखि बेलुकासम्म पानी, झरी, दिनरात नभनी सडकमा खटिएर खोटाङ्गे माटोमा पु¥याउनु भएको उल्लेखनीय योगदानको उच्च कदर गर्दछौँ।’

    images

    तामाङले पाएनन् ५ लाख ७७ हजार ५०० पारिश्रमिक

    गाउँको कच्ची सडकमा गाडी गुड्न थालेको खुसीयालीमा स्वतःस्फुर्तरुपमा सडक मर्मत सुरु गरेका तामाङलाई तत्कालिन जिल्ला बिकास समितिले २०६३ माघदेखि सडक हेरालुकारुपमा नियुक्ती गरेको थियो। मासिक ८ हजार दिनेगरी सडक हेरालुकारुपमा नियुक्ती दिएको जिल्ला बिकास समितिले २०६९ सालमा उनको मासिक तलव १० हजार ५ सय पु-याएको थियो।

    तामाङले तलव बृद्धिपछि १० महिनासम्म तलव पाए पनि २०५९ साल फागुनदेखि २०७३ साल असोजसम्मको करिब ५ लाख ७७ हजार ५०० पारिश्रमिक नपाएको गुनासो गरेका छन्। तत्कालिन जिल्ला विकास समिति मातहत सञ्चालनमा रहेको दिक्तेल–हलेसी सडक सडक डिभिजन कार्यालय हर्कपुर, ओखलढुंगालाई हस्तान्तरण भएको केही समय पछिदेखि तामाङको पारिश्रमिक रोकिएको हो।

    बाँकी पारिश्रमिक दिलाउनका निम्ति तामाङले १४ चैत २०७० मा तत्कालिन स्थानीय विकास अधिकारी युवराज अधिकारी, २३ भदौ २०७१ मा निमित्त स्थानीय बिकास अधिकारी रविकिरण आचार्य र २७ असार २०७२ मा स्थानीय विकास अधिकारी महेन्द्रकुमार सापकोटा समक्ष निवेदन दिएका थिए।

    तामाङको निवेदनका आधारमा तत्कालिन जिल्ला विकास समितिले १४ चैत २०७० र २३ भदौ २०७१ मा पारिश्रमिक दिनका लागि सडक डिभिजन कार्यालय समक्ष सिफारिस गरेको थियो। तर तामाङले पारिश्रमिक पाएका छैनन्।

    images
    images

    प्रकाशित :चैत्र २७, २०७८ आइतवार - ०९:४१:१२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij