• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


हलेसीपाटी डटकमले फर्जी कागजात पेश गरि सूचना विभागमा दर्ता गरेको खुलासा

हलेसीपाटी डटकमले फर्जी कागजात पेश गरि सूचना विभागमा दर्ता गरेको खुलासा

images

प्रभाव न्यूज

२४ चैत्र २०७८
  • 32.0K
    SHARES
  • images
    हलेसीपाटी डटकमले फर्जी कागजात पेश गरि सूचना विभागमा दर्ता गरेको खुलासा
    images
    images
    images

    खोटाङ- खोटाङ जिल्लाबाट संचालनमा रहेको अनलाइन पत्रिका हलेसीपाटी डटकमले फर्जी कागजात पेश गरि संचालनमा ल्याइएको खुलेको छ।

    images

    सूचना तथा प्रशारण विभागमा २०७६ असोज ५ गते दर्ता भएको सो अनलाइन पत्रिका फर्जी कागजात पेश गरि संचालनमा ल्याइएको खुलेको हो।

    सूचना विभागको दर्ता प्रमाणपत्र नम्बर १५६५–२०७६–०७७ रहेको सो अनलाइन पत्रिका हलेसी तुवाचुङ नगरपालिका– ७ का मनोज कुमार गिरी संचालक रही संचालन गर्दै आएको देखिएको छ।

    संचालक गिरीले फर्जी कागजात पेश गरेर सूचना तथा प्रशारण विभागबाट अनलाइन संचालनको स्वीकृति लिइएको देखिएको हो। गिरी आफैं संचालक र आफैं सम्पादक रहेका छन्।

    images

    मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक वा सो सरहको उतिर्ण गरेको शैक्षिक योग्यताको टान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्रको प्रतिलिपि वा विभागबाट सम्पादक भनि प्रमाणित गरिएको पत्रको प्रतिलिपि भएमा मात्र सम्पादक हुन पाउने व्यवस्था छ।

    images

    तर, गिरीले सम्पादक हुनलाई आफ्नो योग्यता नपुगेपछि अर्कै ब्यक्तिको शैक्षिक प्रमाणपत्रमा केरमेट गरि आफनो नाम र फोटो हालेर फर्जी शैक्षिक योग्यताको प्रमाणपत्र विभागमा पेश गरेको पाइएको हो। कुभेश चन्द्र गिरीको शैक्षिक योग्यताको प्रमाणपत्रमा उनले आफ्नो नाम हालेको पाइएको छ।

    व्रिल्याण्ट मल्टिपल क्याम्पस सिफल काठमाडौंबाट कुभेश चन्द्र गिरीले लिएको शैक्षिक योग्यताको प्रमाणपत्र र मनोज गिरीले विभागमा पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्रमा सबैकुरा एउटै पाइएको छ।

    गिरीले पेश गरेको प्रमाणपत्रमा एसएलसी २०६० मा आइए २०६३ मा विए २०६५ मा गरेको भेटिएको छ। २०६५ मा विए तीन वर्षे थियो। अनलाइन संचारमाध्यमबाट विभिन्न व्यक्तिको चरित्र हत्या गर्ने, नियोजित र प्रायोजित समाचार सम्प्रेषण गर्ने, विभिन्न व्यक्तिलाई धम्क्याउने र समाचारको नाममा आर्थिक ‘वार्गेनिङ’ गर्ने गरेको गिरीमाथि आरोप छ।

    गिरीले बिना प्रमाण समाचार सम्प्रेषण गरेको र दुख दिएको भन्दै प्रेस काउन्सील नेपालमा उजुरी पनि परिसकेको छ। गिरीले समाजलाई उतेजित बनाउने र अफवाह फैलाउने खालका समाचार बिना प्रमाण लेख्ने गरेको पाइएपछि नेपाल पत्रकार महासंघ शाखा खोटाङले मौखिकरुपमा सोधपुछ गरिसकेको छ।

    जवाफमा उनले आफू पत्रकार, व्यवसायी, ठेकेदार, समाजसेवी, नेतासमेत रहेको जवाफ दिएको महासंघले बताएको छ। पत्रकार तथा संचारमाध्यमले नागरिकको आधारभुत अधिकार, तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र संवद्र्धनको निम्ति सदैव सत्य तथ्य सूचना प्रवाह गर्नुपर्दछ।

    पत्रकार तथा संचारमाध्यमले त्रसित पार्ने, धम्क्याउने, अनुचित आर्थिक फाइदा उठाउने, व्यक्तिगत स्वार्थ पूरा गर्ने, कसैलाई अनुचित लाभ वा हानी पुर्‍याउने नियत राखी पत्रकारीताको कार्य गर्न नहुने आंचारसंहितामा उल्लेख छ।

    जिल्लामा पछिल्लो समय पत्रकारको भेषमा आचारसंहिता विपरित कार्य बढेपछि जिल्लाका क्रियाशिल पत्रकारहरुले आपत्ति जनाएका छन्।

    हेर्नुहोस: कुभेश चन्द्र गिरीको शैक्षिक प्रमाणपत्र 

    1.jpg

    2.jpg

    मनोज कुमार गिरीले पेश गरेको फर्जी शैक्षिक प्रमाणपत्र

    3m.jpg

    4m.jpg

    images
    images

    प्रकाशित :चैत्र २४, २०७८ बिहिवार - २०:०७:०९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij