जनकपुरधाम, चैत २३ -सर्लाही सदरमुकाम मलंगवामा गोली चलेको छ। गोली लागेर एक युवकको मृत्यु भएको छ।
बुधबार साँझ ७ः४० बजेतिर मलगंवा नगरपालिका-९ मा गोली चलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए।
उनका अनुसार नचिनेका मानिसले हानेको गोली लागेर युवकको मृत्यु भएको हो।
गोली लागेर घाइते भएका भारत बिसनपुरका इन्दल कुमार रहेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि मलगंवा अस्पताल लगिएको केहीबेरमै मृत्यु भएको डीएसपी बुढाथोकीले बताए।
गोली कसले चलाएको भन्नेबारे खुल्न नसकेको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।