• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


खोटाङका ५२ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिने तयारी

खोटाङका ५२ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिने तयारी

images

प्रभाव न्यूज

२१ चैत्र २०७८
  • 25.8K
    SHARES
  • images
    खोटाङका ५२ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिने तयारी
    images
    images
    images

    खोटाङ- टाइफाइड रोग विरुद्धको खोप अभियानका क्रममा खोटाङका १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजार बढी बालबालिकालाई खोप दिने तयारी गरिएको छ।

    images

    आगामी २९ चेतदेखि ४ बैसाखसम्म सञ्चालन गरिने अभियानका क्रममा १० स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजार ८४० बालबालिकालाई टाइफाइड रोग विरुद्ध टाइफाइड कन्जुगेट भ्याक्सिन (टिसिभि) खोप दिने तयारी गरिएको हो।

    टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको सुरुवात सम्वन्धी सोमबार आयोजित जिल्ला खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा १५ महिनादेखि २३ महिनासम्मका २ हजार ९८९ जना, ५ वर्षदेखि १५ वर्षसम्मका विद्यालयमा रहेका ४३ हजार ५५१ जना, २ वर्षदेखि ४ वर्ष तथा विद्यालय बाहिर रहेका ६ हजार ३०० जना बालबालिकालाई खोप दिने तयारी गरिएको जानकारी दिइएको छ।

    टाइफाइड रोगको संक्रमण तथा यसबाट हुने जटिलतालाई न्यूनिकरण गर्ने लक्ष्यका साथ राष्ट्रिय कार्यक्रम अन्तरगत जिल्लामा खोप अभियान सञ्चालन गर्न लागिएको हो। टाइफाइड रोग विरुद्धको खोप अभियान सञ्चालनका लागि जिल्लामा ७११ खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए।

    images

    खोप अभियानका क्रममा १ हजार ४४२ स्वयंसेवक तथा ७२७ खोप कार्यकर्ता परिचालित हुने छन्। यस्तै, खोप पश्चात हुनसक्ने अवाञ्छित घटना व्यवस्थापनका लागि १० जनाको टिम तयार पारिएको छ। खोप अभियानका लागि २२ चैतदेखि २७ चैतसम्म भ्याक्सिन तथा खोप ढुवानी गरिने प्रमुख सिग्देलले बताए।

    images

    यस्तै, १९ चैतदेखि ४ बैसाखसम्म पर्चा, पम्प्लेट र पोष्टर वितरण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।

    टाइफाइड विरुद्धको खोप अभियान सफल बनाउनका लागि राजनैतिक दल र स्थानीय तहका जनप्रतिनिधिको महत्वपूर्ण भूमीका हुने जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए।

    अभियानका क्रममा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप प्रदान गर्ने र अभियान सकिएपछि नियमित खोप कार्यक्रममा टाइफाइड विरुद्धको खोप समावेस गरी १५ महिनाको उमेरमा एक मात्रा खोप निरन्तर उपलव्ध गराउने नेपाल सरकारको तयारी छ।

    यो खोप लगाएपछि सुई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नी दुख्ने अशर देखा पर्न सक्ने स्वास्थ्यकर्मी बताउँछन्।

    कार्यक्रममा राजनैतिक दल, प्रशासन, सुरक्षा निकाय, पत्रकार लगायतको सहभागीता रहेको थियो।

    images
    images

    प्रकाशित :चैत्र २१, २०७८ सोमवार - २१:३०:२०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij