• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङको दिप्रुङ चुइचुम्मामा मान्छेको खप्पर कुकुरले ल्याएपछि.....

खोटाङको दिप्रुङ चुइचुम्मामा मान्छेको खप्पर कुकुरले ल्याएपछि.....

images

प्रभाव न्यूज

२१ चैत्र २०७८
  • 21.2K
    SHARES
  • images
    खोटाङको दिप्रुङ चुइचुम्मामा मान्छेको खप्पर कुकुरले ल्याएपछि.....
    images
    images
    images

    खोटाङ - खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीमा मानव खप्परको कंकाल फेला परेको छ।

    images

    साविकको छितापोखरी-१ दिहुँमा कुकुरले बाटोमा ल्याएको अवस्थामा खप्परको कंकाल फेला परेको वडाध्यक्ष मिलन राईले बताए।

    सोमबार बिहान विद्यालय जानेक्रममा स्थानीय शिक्षक सुरेश तामाङले मानव खप्परको कंकाल भेटेर प्रहरीलाई खबर गरेका थिए। दिहुँबाट डाँडाखर्क जाने बाटोमा भेटिएको खप्परको कंकाल कसको हो भन्ने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक सागर शाहले बताए।

    मानव खप्पर फेला परेपछि प्रहरी चौकी छितापोखरी र ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट प्रहरी निरिक्षकको कमाण्डमा खटिएको प्रहरीको टोलीले कानुनी प्रकृया पुरा गरेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिँदैछ। घट्नाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक शाहले बताए।

    images

    सोही ठाउँका बिष्णु तामाङ गत १४ मंसिरदेखि बेपत्ता छन्। कतिपयले सो खप्पर तामाङको भएको अनुमान गरेका छन्।

    images

    तर, आधिकारिक पूष्टि बिना खप्परको कंकाल ‘कसको हो’ भनेर यकिन गर्न सकिन्न। बाटोमा खप्पर भेटिए पनि शरीरका अन्य भाग भने खोजी गर्दा नभेटिएको बताइएको छ।

    images
    images

    प्रकाशित :चैत्र २१, २०७८ सोमवार - १९:३५:२६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij