• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


भागरथीको बलात्कारपछि विभत्स तवरबाट हत्या गरिएको पुष्टि

भागरथीको बलात्कारपछि विभत्स तवरबाट हत्या गरिएको पुष्टि

images

प्रभाव न्यूज

२६ माघ २०७७
  • 14.5K
    SHARES
  • images
    भागरथीको बलात्कारपछि विभत्स तवरबाट हत्या गरिएको पुष्टि
    images
    images
    images

     बैतडीमा बिहीबार साँझ मृत फेला परेकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोष्टमार्टम रिपोर्टबाट पुष्टि भएको छ।

    images

    जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टम रिपोर्टका आधारमा दोगडाकेदार गाउँपालिका ७ की भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तम सुवेदीले जानकारी दिए।

    ‘पोष्टमार्टम रिपोर्टमा कज अफ डेथ बलात्कारपछि घाँटी थिचेको देखियो,’ उनले भने। उनले सामूहिक बलात्कार हो वा होइन भन्नेबारे थप परीक्षण भइरहेको जानकारी दिए।

    ‘हामीले घटनास्थलमा प्राप्त भएका सबै तथ्य परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाएका छौं,’ सुवेदीले भने, ‘प्रयोगशालाबाट रिपोर्ट प्राप्त भए अनुसन्धानमा अझै सहज हुने देखिन्छ।’ बुधबार हराएकी भट्टको बिहीबार विभत्स अवस्थामा शव फेला परेको थियो।

    images

    घटनामा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नै अनुसन्धान अधिकृत भएर काम गरिरहेका छन्। उनलाई सघाउन नेपाल प्रहरीका एसएसपी जनकराज पाण्डेय र सिआइबीका डिएसपीको नेतृत्वमा छुट्टाछुट्टै टोली बैतडीमा छ।

    images

    प्रहरी प्रमुख डिआइजी सुवेदी पनि बैतडीमै छन्।

    images
    images

    प्रकाशित :माघ २६, २०७७ सोमवार - १८:४४:०६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij