• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


बाम्राङका ३४ जनालाई वडा कार्यालयको सम्मान

बाम्राङका ३४ जनालाई वडा कार्यालयको सम्मान

images

प्रभाव न्यूज

१६ चैत्र २०७८
  • 15.3K
    SHARES
  • images
    बाम्राङका ३४ जनालाई वडा कार्यालयको सम्मान
    images
    images
    images

    खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ वडा कार्यालयले विभिन्न क्षेत्रका ३४ व्यक्तिलाई सम्मान गरेको छ।

    images

    पाँच वर्षे कार्यकाल सकिन लाग्दा वडा कार्यालय बाम्राङले सम्मान तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेर वडाका ज्येष्ठ नागरिक, समाजसेवी, अपांग, कलाकार, खेलाडी, उत्कृष्ट स्वास्थ्यकर्मी, उत्कृष्ट शिक्षक, उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका, उत्कृष्ट विद्यार्थी लगायतलाई सम्मान गरेको हो।

    बाम्राङमा जन्मिएर विभिन्न क्षेत्रमा रही आफ्नै गाउँ–ठाउँको उन्नती प्रगती तथा पहिचानका लागि योगदान र्पुयाएका स्थानीयलाई छानेर सम्मान गरिएको वडाध्यक्ष ललितकुमार राईले बताए।

    वडा कार्यालयले ६ जना ज्येष्ठ नागरिक, ४ जना कलाकार, ३ जना खेलाडी, २ जना समाजसेवी, कोभिड–१९ बाट बच्नका लागि जनचेतना फैलाउन योगदान र्पुयाएका ३ जना शिक्षक, ३ जना उत्कृष्ट शिक्षक, २ जना उत्कृष्ट स्वास्थ्यकर्मी, ३ जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका, १ जना अपांग, ६ जना उत्कृष्ट विद्यार्थी र १ जना स्काभेटर अपरेटरलाई सम्मान गरेको हो। उनीहरुलाई प्रमुख अतिथिका रुपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरेका थिए।

    images

    वडा कार्यालयले ज्येष्ठ नागरिक धनबहादुर भुजेल, सितलमान राई, सम्मरबहादुर दर्जी, मेघबहादुर दाहाल, फुलमायाँ दर्जी र राम्रीमायाँ राई, गायक डिबी सागर राई, सचिन राई र विकास संगम राई, हाँस्यकलाकार योगिन राई, कराते खेलाडी कृतमान राई, सन्तोष राई र नन्जु राई, समाजसेवी रामप्रसाद राई र टंकप्रसाद खतिवडालाई सम्मान गरेको हो।

    images

    यस्तै, उत्कृष्ट शिक्षक उर्मिला राई, सुर्यबहादुर थापा र मविहाङ राई, उत्कृष्ट स्वास्थ्यकर्मी ओमराज खतिवडा र बिना खत्री, उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका रामकुमारी रम्तेल, सिता राई र जगतकुमारी श्रेष्ठ, अपांगता भएकी सिता राई, उत्कृष्ट विद्यार्थी अमृता राई, नवराज थापा, आकृति राई, चमराज राई, सरिता राई र उषा राई तथा स्काभेटर अपरेटर अमर राईलाई सम्मान गरिएको छ।

    कोभिडमा सचेतना फैलाउने तीन शिक्षकलाई पनि सम्मान

    वडा कार्यालय बाम्राङले कोभिड–१९ को महामारीका बेला जनचेतना फैलाउन योगदान दिएका तीन शिक्षकलाई सम्मान गरेको छ।

    महामारीकाबेला आफ्नो ज्यान जोखिममा राखेर ‘बाँच्ने र बचाउने’ सचेतनामुलक गतिविधि सञ्चालन गरेका शिक्षक टंकप्रसाद भण्डारी, तेजबहादुर कट्वाल र शिवप्रसाद राईलाई सम्मान गरेको हो।

    उनीहरुलाई पनि दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरिएको छ। सावित्रा माबिको प्रांगणमा आयोजित कार्यक्रममा गायक डिबी सागर राई, सचिन राई र विकास संगम राईले सांगीतिक मनोरञ्जन दिएका थिए ।

    सहभागीलाई हाँस्यकलाकार योगिन राईले पनि हँसाएका थिए।

    कार्यक्रममा मेयर रिजाल, प्राध्यपक रामप्रसाद राई, नेता नीरबहादुर राई र ज्ञानबहादुर राई, पत्रकार कृष्ण आचार्य, खेलाडी कृतमान राई र शिक्षक सुर्यबहादुर थापालाई मन्तव्य राख्ने अवसर दिइएको थियो।

    images
    images

    प्रकाशित :चैत्र १६, २०७८ बुधवार - २१:४२:४३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij