• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


‘निर्वाचनमा स्वच्छ र मर्यादित पत्रकारिता आवश्यक’

‘निर्वाचनमा स्वच्छ र मर्यादित पत्रकारिता आवश्यक’

images

प्रभाव न्यूज

१६ चैत्र २०७८
  • 9.6K
    SHARES
  • images
    ‘निर्वाचनमा स्वच्छ र मर्यादित पत्रकारिता आवश्यक’
    images
    images
    images

    खोटाङ- खोटाङका पत्रकारले आसन्न स्थानीय तहको निर्वाचनमा स्वच्छ, मर्यादित र बिश्वसनीय पत्रकारिता गर्नुपर्नेमा जोड दिएका छन्।

    images

    नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ शाखा खोटाङले बुधबार आयोजना गरेको ‘स्थानीय तहको निर्वाचनमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारले स्थानीय तहको निर्वाचनमा तटस्थ भूमीका निभाउँदै सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका हुन्।

    जिल्लाका मिडिया सञ्चालक तथा पत्रकारले स्थानीय तहको समाचार सम्प्रेषणका क्रममा आफैँ नाँगिनेगरी ‘पार्टीकारिता’ गर्न नहुने निष्कर्ष निकालेका छन्।

    स्थानीय, प्रदेश र संघको निर्वाचनका बेला पत्रकारले पार्टीको मुखपत्रको रुपमा काम गर्दा भ्रामक समाचार सम्प्रेषण हुने गरेको अनुभवलाई मध्यनजर गर्दै महासंघले ‘स्थानीय तहको निर्वाचनमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया गरेको हो।

    images

    महासंघ शाखाका अध्यक्ष दिलीप खत्रीले आसन्न निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने सामाजिक उत्तरदायित्व वहन गर्न पत्रकारलाई आग्रह गरेका छन्। कुनै न कुनै दलनिकट पत्रकार संगठनमा आवद्ध कतिपय पत्रकार निर्वाचनका बेलामा कार्यकर्ताकै शैलीमा उत्रिने गरेका छन् एक पार्टीको गुनगान गाउने र अरु दलको सत्तोसराप गर्दै समाचार सम्प्रेषण गर्ने पत्रकारका कारण समग्र पत्रकारप्रतिको बिश्वसनियता घट्दै गएको सहभागीले औंल्याएका छन्

    images

    अग्रज पत्रकार कृष्ण आचार्यले निर्वाचनका बेला सार्वजनिक रुपमै पत्रकारमाथि टिकाटिप्पणी र आलोचना हुने किसिमले पत्रकारिता नगर्न सुझाव दिएका छन्।

    निर्वाचनका बेलामा जिल्लाका सञ्चार माध्यमको तटस्थता अनुगमनका लागि संयन्त्र बनाउन पहल गरिने महासंघले जनाएको छ।

    कार्यक्रममा पत्रकार महासंघ शाखाका पुर्वअध्यक्ष डम्बरसिं राई, निवर्तमान अध्यक्ष दमन राई, प्रेस चौतारीका केन्द्रीय सदस्य हरिबोल आचार्य, प्रेस सेन्टरका पुर्व केन्द्रीय सदस्य भीम राई, प्रेस युनियनका जिल्ला अध्यक्ष उत्तम चौलागाईं लगायतले मर्यादित पत्रकारिताका लागि जोड दिएका छन्।

    कार्यक्रममा महासंघका अध्यक्ष खत्रीले पत्रकार आपतकालिन कोष स्थापना गरिएको, कोभिड-१९ को महामारीका बेलामा पत्रकारलाई एप्रोन तथा स्वास्थ्य सामग्री वितरण, कोभिड संक्रमणमा परेका पत्रकारलाई आर्थिक सहयोग गरिएको जानकारी दिएका छन्।

    images
    images

    प्रकाशित :चैत्र १६, २०७८ बुधवार - २१:३७:३२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij