• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


विषादी मिसिएको पानी पिउँदा खोटाङमा तीन विद्यार्थी बिरामी

विषादी मिसिएको पानी पिउँदा खोटाङमा तीन विद्यार्थी बिरामी

images

प्रभाव न्यूज

१४ चैत्र २०७८
  • 13.8K
    SHARES
  • images
    विषादी मिसिएको पानी पिउँदा खोटाङमा तीन विद्यार्थी बिरामी
    सांकेतिक तस्वीर
    images
    images
    images

    विषादी मिसिएको पानी पिउँदा खोटाङमा तीन विद्यार्थी बिरामी विषादी मिसिएको पानी पिउँदा खोटाङमा तीन विद्यार्थी बिरामी परेका छन्।

    images

    विद्यालयमा जारमा राखिएको पानी पिउँदा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित दाम्ली माविमा कक्षा ८ मा अध्ययनरत छात्र दबिन राई, कक्षा ९ मा अध्ययनरत छात्रा प्रनिसा कुँवर र उर्मिला बिक बिरामी परेका हुन्।

    विषादी मिसिएको पानी पिउँदा बिरामी परेका राई र बिकको उदयपुरको घुर्मीस्थित एक निजी अस्पतालमा र कुँवरको ओखलढुंगाको मिसन अस्पतालमा उपचार भइरहेको छ।

    बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको दाम्ली माविका प्रअ गमराज राईले बताए।

    images

    विद्यालयका परिचरले सोमबार बिहान सधैझैँ धाराबाट एक जार पानी ल्याएर राखेका थिए। विद्यालयमा पहिलो जारको पानी सकिएपछि दोस्रो जार पानी ल्याइएको थियो। त्यो पानी केही छात्रले पिएका थिए।

    images

    त्यसपछि पानी पिउन गएका तीन छात्र÷छात्रा बिरामी परेको हो। पानी दुधिलो भएको र मेटासिटको गन्ध आएकाले पानीमा विष मिसाइएको अनुमान गरिएको डिकुवाका वडाध्यक्ष हरिकुमार खड्काले बताए।

    एउटै जारको पानी अगाडि पिउनेलाई केही नहुनु र पछाडि पिउने छात्र-छात्रा बिरामी पर्नुमा बीचमा विषादी मिसाइएको अनुमान गरिएको छ।

    पानीमा विषाक्त वस्तु मिसिएको आशंकापछि विद्यार्थीलाई स्वास्थ्यचौकीमा लगेर प्राथमिक गरेर अस्पताल लगिएको हो। प्राथमिक उपचारका क्रममा छात्र-छात्राले बान्ता गरेका थिए।

    पानीमा विषादी मिसिएको आंशकामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए।

    विषादीयुक्त पानीका कारण छात्र÷छात्रा बिरामी परेको जानकारी पाएपछि हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई लगायत दाम्ली मावि पुगेका थिए।

    images
    images

    प्रकाशित :चैत्र १४, २०७८ सोमवार - २०:५४:१२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij