• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटेहाङ र दिप्रुङका सामुदायिक वनलाई अग्नि नियन्त्रक औजार

खोटेहाङ र दिप्रुङका सामुदायिक वनलाई अग्नि नियन्त्रक औजार

images

प्रभाव न्यूज

१२ चैत्र २०७८
  • 8.0K
    SHARES
  • images
    खोटेहाङ र दिप्रुङका सामुदायिक वनलाई अग्नि नियन्त्रक औजार
    images
    images
    images

    खोटाङ- डिभिजन वन कार्यालय खोटाङले जिल्लाका १४ सामुदायिक वनलाई अग्नि नियन्त्रक औजार प्रदान गरेको छ।

    images

    सामुदायिक वनमा लाग्ने डढेलो तथा आगलागी नियन्त्रण गर्ने प्रयोजनका लागि डिभिजन वन कार्यालयले खोटेहाङ गाउँपालिकाका १० र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका ४ वटा सामुदायिक वन उपभोक्ता समुहलाई अग्नि नियन्त्रक औजार प्रदान गरेको हो।

    सामुदायिक वन उपभोक्ता महासंघ खोटाङको माग बमोजिम डिभिजन वन कार्यालयले खोटेहाङ गाउँपालिकाको सल्ले, ठूलोपाखा, अँधेरी खहरे, नमुना, मड्केला, चैनपुर, नौलापाखा, खोटाङपाखा, दुवेनी र आइतबारे सामुदायिक वन तथा दिप्रुङ दिप्रुङ चुइचुम्मा गाउँपालिकाको बसुवा, खहरे चाङताङ, खमारे र उर्लेनी भिरपाखा सामुदायिक वन लगायतको वनमा लागेको डढेलो नियन्त्रणमा उपयोगका लागि औजार प्रदान गरेको हो।

    डढेलो लागेकोबेला स्थानीय सामुदायिक वन उपभोक्ता समुहले प्रयोग गर्न पाउनेगरी प्रतिपालिका ९ थान फायर स्वाटर, ७ थान रेक, ४ थान रेक हु, ४ थान बेल्चा, ४ थान मास्क, ६ थान पञ्जा, ५ थान हेल्मेट, ३ थान एक्स हु प्रदान गरिएको सामुदायीक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष राजेन्द्र राईले बताए।

    images

    सामुदायिक वन उपभोक्ता महासंघको खोटेहाङ गाउँपालिका अध्यक्ष दिलीप राई र महासंघको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष बिरेन्द्रप्रसाद रायलाई अग्नि नियन्त्रक औजार हस्तान्तरण गरिएको छ।

    images

    सामुदायीक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष राई, निजी पारिवारिक वन संघका जिल्ला अध्यक्ष गंगाधर कार्की र सव-डिभिजन वन कार्यालय खोटेहाङ गाउँपालिकाका प्रमुख बलराम सिंहले अग्नी नियन्त्रक औजार हस्तान्तरण गरेका थिए।

    गत ६ चैतमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ६ वटा सामुदायिक वन आवद्ध अग्नि नियन्त्रण सञ्जाललाई आगो नियन्त्रण गर्ने औजार प्रदान गरिएको थियो।

    images
    images

    प्रकाशित :चैत्र १२, २०७८ शनिवार - ०९:२४:०८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij