• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङको राखाबाङ्देलमा अस्थायी प्रहरीपोष्ट स्थापना

खोटाङको राखाबाङ्देलमा अस्थायी प्रहरीपोष्ट स्थापना

images

प्रभाव न्यूज

२ चैत्र २०७८
  • 15.3K
    SHARES
  • images
    खोटाङको राखाबाङ्देलमा अस्थायी प्रहरीपोष्ट स्थापना
    images
    images
    images

    खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलमा अस्थायी प्रहरीपोष्ट स्थापना गरिएको छ । भौगोलिक रुपमा सुरक्षा निकायबाट टाढा रहेको क्षेत्रको सुरक्षाका लागि राखाबाङ्देलमा बुधबार अस्थायी प्रहरीपोष्ट स्थापना गरिएको हो।

    images

    प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल र ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले संयुक्तरूपमा अस्थायी प्रहरीपोष्ट उद्घाटन गरेका छन्। प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ६ जना प्रहरीको टोली रहनेगरी अस्थायी प्रहरीपोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक उमेश लम्सालले बताए।

    बस्ती पातलो भएको तथा सुरक्षाका दृष्टिले संबेदनशिल भएकाले सो स्थानमा अस्थायी प्रहरीपोष्ट स्थापना गरिएको हो। राखाबाङ्देलका स्थानीयले पटक–पटक प्रहरीचौकी स्थापनाको माग गर्दैआएको लामो समयपछि अस्थायी प्रहरीपोष्ट स्थापना गरिएको हो।

    प्रमुख जिल्ला अधिकारी दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष निरौला, उपाध्यक्ष पुष्पकला भुजेल, नेकपा एमाले प्रदेश नम्बर १ का प्रदेश सदस्य गृहबहादुर राई, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलिप खत्री, नेपाली कांग्रेस ऐसेलुखर्क गाउँपालिका सभापति सन्तवीर तामाङ, नेकपा माओवादी केन्द्र ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष अगमसिं राई, ऐसेलुखर्क गाउँपालिका–१ का कार्यवाहक वडाध्यक्ष पुरुषोत्तम राजभण्डारी, कालिका वालविकास माविका प्रअ रमेशकुमार राई लगायतले शुभकामना मन्तव्य राखेका थिए।

    images

    images
    images

    प्रकाशित :चैत्र २, २०७८ बुधवार - २२:२०:५३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij