• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


कुकुरको टोकाईबाट खोटाङमा एक महिलाको मृत्यु भएपछि गाउँमा छायो त्रास, २५ जनालाई लगाइयो भ्याक्सिन

कुकुरको टोकाईबाट खोटाङमा एक महिलाको मृत्यु भएपछि गाउँमा छायो त्रास, २५ जनालाई लगाइयो भ्याक्सिन

images

प्रभाव न्यूज

१२ फाल्गुण २०७८
  • 19.7K
    SHARES
  • images
    कुकुरको टोकाईबाट खोटाङमा एक महिलाको मृत्यु भएपछि गाउँमा छायो त्रास, २५ जनालाई लगाइयो भ्याक्सिन
    images
    images
    images

    खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपामा कुकुरको टोकाईबाट ६७ वर्षीय वृद्धाको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको छ।

    images

    रेबिजका कारण बृद्धाको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको हो। काठमाण्डौंमा उपचारका क्रममा ६ फागुनमा बिरामीको मृत्यु भएपछि परिवार तथा छरछिमेकका आफन्त सबैभन्दा बढि त्रसित छन्।

    वृद्धालाई हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीबाट डुल्दै आएको कुकुरले ५ माघमा दाहिने हातमा टोकेको थियो। कुकुरले टोकेको ७-८ घण्टापछि जिल्ला अस्पताल दिक्तेलमा पु-याएर एन्टी रेबिज भ्याक्सिन लगाउँदा पनि बिरामीलाई बचाउन नसकिएको आफन्त सोनाम राईले बताए।

    एन्टी रेबिज भ्याक्सिनको तीन वटै मात्रा पुरा गरेपनि टोकेको २०/ २२ दिनपछि घाउमा अधिक दुखाई सुरु भएको थियो।

    images

    टोकेको २८/ २९ दिनतिर घाउ भएका दाहिने हात चल्नै छाडेपछि बिरामीलाई टिचिङ अस्पताल पु¥याइएको थियो। टिचिङले टेकुमा रेफर गरे लगत्तै बिरामीको मृत्यु भएको हो।

    images

    कुकुरले टोक्ने वित्तिकै दिइनुपर्ने खोप नपाउँदा बिरामीको मृत्यु भएको अस्पतालले जवाफ दिएको राई बताउँछन्।

    ‘कुकुरले टोक्ने वित्तिकै रोकथामका लागि छुट्टै खोप दिइनुपथ्र्यो रे। त्यही भएर एन्टी रेबिज भ्याक्सिन लगाउँदा पनि बिरामी निको नभएको अस्पतालले जवाफ दिएको छ,’ राईले भने, ‘कमसेकम जिल्ला अस्पतालले यत्ती जानकारी दिएको भए पनि बिरामीलाई बचाउन सकिन्थ्यो। आफन्त गुमाउन पर्दैनथ्यो भन्ने हाम्रो बुझाई छ ।’

    जिल्ला अस्पताल खोटाङका प्रमुख डा। बैभव मल्लिकले भने बिरामीलाई ढिलागरी अस्पताल र्पुयाएकाले एन्टी रेबिज भ्याक्सिनले काम नगरेको हुनसक्ने बताए।

    २५ जनालाई एन्टी रेबिज भ्याक्सिन

    मृतक वृद्धाको ‘क्लोज कन्ट्याक्ट’मा रहेका २५ जनालाई ११ फागुनमा एन्टी रेबिज भ्याक्सिनको पहिलो मात्रा दिइएको छ। हाललाई परिवार र नजिकका छरछिमेकलाई एन्टी रेबिज भ्याक्सिन दिइएको बुईपाका वडाध्यक्ष दिनेश राईले बताए।

    बुईपा र राजापानीमा अझै पनि मृतकको सम्पर्कमा रहेका आफन्तहरु खोपबाट छुटेको हुनसक्ने स्थानीय बताउँछन्।

    रेबिजको आतंक फैलिएको ठाउँमा तत्काल खोप व्यवस्थापनमा स्थानीय सरकार र जिल्ला अस्पतालले बेवास्ता गरेको युवा नेता निसन राईले दावी गरे।

    images
    images

    प्रकाशित :फाल्गुण १२, २०७८ बिहिवार - १९:५३:०३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij