• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


जन्तेढुंगामा कुकुरको बिगबिगी

जन्तेढुंगामा कुकुरको बिगबिगी

images

प्रभाव न्यूज

१२ फाल्गुण २०७८
  • 11.8K
    SHARES
  • images
    जन्तेढुंगामा कुकुरको बिगबिगी
    images
    images
    images

    खोटाङको जन्तेढुंगा गाउँपालिकामा सामुदायिक कुकुरको बिगबिगी फैलिएको छ। बाँदर, स्याल धपाउनका लागि पालिएका कुकुर बजार तथा अन्यत्र छाडिँदा सामुदायिक कुकुरको बिगबिगी फैलिएको हो।

    images

    केही समयअघि बेवारिसे कुकुरको टोकाईबाट जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका कर्णबहादुर खत्रीको परिवारका ४ सदस्य घाईते भए भने एउटा भैंसी मरेको थियो।

    यस्तै, कुकुरले गोपाल नेपालीका ४ जना, रमेश तामाङका २ जना, उत्तरबहादुर खड्काका १ जना, गोबिन्द बिष्टका १ जना, अप्जसा खड्काको १ जना, कोपिला प्रधानको एक जना, मेहरमान दमाईको एक जना सदस्यलाई टोकेको थियो।

    यस्तै, गोपाल कट्वालको एउटा गाई, डाइश्वर कार्कीको एउटा बाख्रा, दलबहादुर तामाङको एउटा भैंसी, चन्द्र प्रधानको एउटा बाख्रा, मिनबहादुर प्रधानका एउटा गोरु, युवराज प्रधानको एउटा बाख्रालाई कुकुरले टोकेर घाईते बनाएको थियो।

    images

    कुकुरको टोकाईबाट तुलसीराम कोईरालाको एउटा गाई मरेको थियो। कतिपय बराहपोखरी गाउँपालिकाका स्थानीयलाई समेत सामुदायिक कुकुरले टोकेर घाईते बनाएको थियो।

    images

    सामुदायिक कुकुरको बिगबिगी बढिरहँदा घाईतेलाई आफ्नै पालिकामा एन्टी रेबिज भ्याक्सिनको व्यवस्थाका लागि स्थानीय सरकार अग्रसर हुनुपर्ने युवा नेता बाजिन्द्र बिष्ट बताउँछन्।

    images
    images

    प्रकाशित :फाल्गुण १२, २०७८ बिहिवार - १७:२७:११

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij