काठमाडौं - काठमाडौंस्थित मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा एक चिनियाँ नागरिक, १३ नेपाली युवती र अरू नेपाली पुरुष छन्। उनीहरुलाई गए राति महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो।
उनीहरूले लेमन ग्रुप अफ कम्पनीका नाममा काम गर्दै आएको खुलेको र थप अनुसन्धान जारी रहेको परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
उनका अनुसार बैंक तथा वित्तीय कारोबार ऐनअन्तर्गत उनीहरूमाथि अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढ्नेछ।
उनीहरूले अनलाइनबाट लगानी गर्ने, जुवा खेलाउने, अवैध कल गर्नेलगायत काम गर्दै आएको बताइएको छ। उनीहरूको थप परिचय खुलाइएको छैन।