• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


निजामती कर्मचारी युनियन प्रदेश -१ काे अध्यक्षमा मान बहादुर वनकाे उम्मेद्वारी घोषणा

निजामती कर्मचारी युनियन प्रदेश -१ काे अध्यक्षमा मान बहादुर वनकाे उम्मेद्वारी घोषणा

images

प्रभाव न्यूज

१० फाल्गुण २०७८
  • 11.6K
    SHARES
  • images
    निजामती कर्मचारी युनियन प्रदेश -१ काे अध्यक्षमा मान बहादुर वनकाे उम्मेद्वारी घोषणा
    images
    images
    images

    काठमाडौं- नेपाली कांग्रेस निकट कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी युनियनको प्रदेश -१ को अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष पदमा मान बहादुर वनले उम्मेद्वारी दिने घोषणा गरेका छन्।

    images

    युनियनको विधान अनुसार प्रदेश अध्यक्ष जितेमा स्वतः केन्द्रीय उपाध्यक्ष हुने व्यवस्था छ। युनियनका केन्द्रीय सदस्य तथा खोटाङको बराहपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वनले सातै प्रदेशका सम्पूर्ण साथीभाईहरुको सल्लाह र सुझावपछि प्रदेश -१ अध्यक्ष पदमा उम्मेद्वारी दिने निर्णयमा पुगेको बताए।

    सातै प्रदेशका सम्पूर्ण साथीभाईहरुको सल्लाह सुझाव पाए। प्रदेशका साथीहरु र टीमबाट समर्थन मिल्यो। वनले भने, ‘प्रदेशमा टुंगो लागेपछि उम्मेद्वारी दिनेमा पुगे।

    सबैको साथ, सहयोग पाएमा जित्नेछु।’ युनियनको संस्थागत विकासका लागि, युनियनलाई अरुभन्दा सबल, सक्षम र नेतृत्वदायी भूमिकामा पुर्‍याउन, आधिकारीक ट्रेड युनियनमा जित सुनिश्चितका लागि, सामाजिक सेवा प्रवाह, निजामती सेवाको गुणस्तर तथा अरुले भन्दा युनियनले दिएको सेवा सुविधा गुणस्तरीय बनाउन आफ्नो उम्मेद्वारी रहने उनले बताए।

    images

    ‘राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ नाराका साथमा फागुन २१ देखि २३ गतेसम्म काठमाण्डौस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा हुने प्रदेश र केन्द्रीय महाधिवेशनमा आफूलाई साथ, सहयोग गर्न र अमुल्य मत दिन वनले महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन्।

    images

    कर्मचारी राजनीतिमा लोकप्रिय वनलाई देशभरबाट लोकप्रिय मत प्राप्त हुने उन निकट कर्मचारीहरु बताउँछन्।

    कर्मचारीको विभिन्न समस्यमा केन्द्रिय तह सम्म पुगेर समस्याको संबोधन गर्ने क्षमता राखेका कारण उनी देशभरबाट लोकप्रिय मत प्राप्त गर्दै बिजयी हुने आँकलन गरिएको छ। वन हालका केन्द्रिय अध्यक्ष गोपाल पोख्रेल निकट मानिन्छन्।

    images
    images

    प्रकाशित :फाल्गुण १०, २०७८ मंगलवार - १२:००:२०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij