• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


घर जलेपछि खोटाङको चिसापानीका एक परिवारको विचल्नी

घर जलेपछि खोटाङको चिसापानीका एक परिवारको विचल्नी

images

प्रभाव न्यूज

९ फाल्गुण २०७८
  • 23.2K
    SHARES
  • images
    घर जलेपछि खोटाङको चिसापानीका एक परिवारको विचल्नी
    images
    images
    images

    खोटाङ-आगलागीमा घर जलेर नष्ट भएपछि खोटाङको जन्तेढुंगा गाउँपालिका-५ चिसापानी (पाथीभरा) का डम्बरबहादुर राईको परिवारको विचल्नी भएको छ।

    images

    किचनका रुपमा प्रयोग हुँदै आएको कटेरोबाट सुरु भएको आगोले घर र घरमा भएका सवैथोक जल्दा ८ जनाको परिवारको विचल्नी भएको हो।

    शुक्रबार पास्नीको दिन अगेनामा खाना पकाउनेक्रममा कटेरोको टाँडमा राखिएको परालमा आगो सल्किएर आगलागी सुरु भएको चिसापानीका कार्यबाहक वडाध्यक्ष धनकुमार राईले बताए।

    आगलागीमा सर्वस्व गुमाएका राई परिवार हाल रेडक्रसले उपलव्ध गराएको त्रिपाल टाँगेर बसिरहेका छन्। चिसोका कारण परिवारका वृद्धवृद्धा र वालबच्चा समस्यामा परेका छन्।

    images

    आगलागीबाट विस्थापितलाई वडा कार्यालयकातर्फबाट खाद्यान्न लगायतका बन्दोबस्तीका सामान उपलव्ध गराइएको कार्यबाहक वडाध्यक्ष राईले बताए।

    images

    विस्थापितको घर निर्माणका लागि छिमेकीले आर्थिक र भौतिक सहयोग जुटाउने अभियान सुरु गरिएको छ।

    images
    images

    प्रकाशित :फाल्गुण ९, २०७८ सोमवार - २०:३७:२२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij