नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल समूहले आयोजना गरेको बन्दको प्रभाव खोटाङमा पनि देखिएको छ ।
बन्दका कारण विहानैदेखी लामो तथा छोटो दुरीको यातायात र शैक्षिक संस्था ठप्प छ ।
दिक्तेलबजारमा विहान आंशिक रुपमा होटल तथा पसलहरु खुले पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पार्टी अध्यक्ष पृथ्वी किराँती, प्रदेश कमिटि सदस्य तथा जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ, कार्यालय सदस्य जलसेर राई, विधार्थीको प्रमुख तथा प्रतिनिधि, युवाको प्रमुख तथा प्रतिनिधि, जनवर्गाीय संगठनको प्रमुख तथा प्रतिनिधि लगायतले शान्तिपुर्ण ढंगले वन्द गर्न आव्हान गरेपछि दिउँसोदेखी होटल र पसलहरु पुर्णरुपमा बन्द भएको छ ।
बन्दका कारण यातायात नचल्दा सर्वसाधारणले भने शास्ती खेप्नु परेको छ । शैक्षिक संस्था बन्द भएपछि निजी तथा सामुदायिक विद्धालयहरुको परिक्षा पर सरेको छ । बन्दको क्रममा जिल्लामा कुनै पनि तोडफोड नभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमरीयाले जानकारी दिनुभयो ।
बुधबार सरकारले संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–माधव समूहले आज बन्द गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा ३२ जनालाई नियुक्ति गरेका थिए ।