• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


गोरु काटेको आरोपमा खोटाङमा तीन जना पक्राउ

गोरु काटेको आरोपमा खोटाङमा तीन जना पक्राउ

images

प्रभाव न्यूज

२४ माघ २०७८
  • 11.9K
    SHARES
  • images
    गोरु काटेको आरोपमा खोटाङमा तीन जना पक्राउ
    images
    images
    images

    खोटाङमा गोरु काटेको आरोपमा तीन जना पक्राउ परेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर-२ सोल्माको मुढेस्थित दिखुवा भन्ने ठाउँमा आइतबार दिउँसो करिब ४ बजे गोरु काटेर बेचिरहेको अवस्थामा तीन जना पक्राउ परेका हुन्।

    images

    पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ३५ वर्षीय खगेन्द्र तामाङ र ४० वर्षीय गणेश तामाङ रहेका छन्।

    उनीहरूको साथबाट गोरु काट्न प्रयोग गरिएको एउटा बन्चरो र चार वटा खुकुरी पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले बताए।

    उनीहरूलाई पक्राउपछि थप अनुसन्धान सुरु गरिएको उनको भनाई छ।

    images

    images
    images

    प्रकाशित :माघ २४, २०७८ सोमवार - ०९:२३:१०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij