• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


देवरले भाउजुको शरीरमा पेट्रोल छर्केर जव आगो लगाइदिए.......

देवरले भाउजुको शरीरमा पेट्रोल छर्केर जव आगो लगाइदिए.......

images

प्रभाव न्यूज

२३ माघ २०७८
  • 25.9K
    SHARES
  • images
    देवरले भाउजुको शरीरमा पेट्रोल छर्केर जव आगो लगाइदिए.......
    फाइल तस्विर
    images
    images
    images

    राजविराज - सप्तरीमा एक महिलालाई ज्युँदै जलाएर उनकै देवरले हत्या गरेका छन्। बोदे बर्साइन नगरपालिका-१ धनगढीकी २७ वर्षीया राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाई उनकै देवरले हत्या गरेको भन्दै मृतकका बुवा बद्री साहले आइतबार उजुरी दिएका छन्।

    images

    हत्याका आरोपित २१ वर्षीय परमेश्वर साह भने फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेले बताए।

    आगोमा जलेर गम्भीर घाइते भएकी राजकुमारीको उपचारका क्रममा शनिबार विराटनगरमा मृत्यु भएको र आइतबार कोशी अस्पताल विराटनगरमा पोष्टमार्टम भएको मोरङ प्रहरीले जनाएको छ।

    इलाका प्रहरी कार्यालय कडरबोनामा आइतबार साँझ उजुरी दिँदै मृतकका बुवा बोदे बर्साइन नगरपालिका-६ का बद्री साहले परमेश्वरविरुद्ध किटानी उजुरी दिएका छन्।

    images

    उनका अनुसार शुक्रबार राजकुमारी चुल्होमा खाना पकाइरहेकी थिइन्। टोलकै पसलबाट परमेश्वरले बोतलमा खुल्ला पेट्रोल किनेर ल्याए। मोटरसाइकल समेत भएकाले पसलेले मोटरसाइकलमा हाल्न होला भनेर एक बोतल पेट्रोल बेचे।

    images

    आवेशमा आएका परमेश्वरले अचानक अगेनाको छेउमा बसेकी राजकुमारीको शरिरमा पेट्रोल छर्के। चुल्होको आगोलाई पेट्रोलले तान्यो। राजकुमारीको शरीरमा हुरहुर्ती आगो बल्यो।

    उपचारकै क्रममा मृत्यु भएपछि बद्री साहले जिल्ला प्रहरी कार्यालय मोरङमा समेत उजुरी दिएको बताए।

    मोरङ प्रहरीकै सुझावमा आइतबार इलाका प्रहरी कर्याालय कडरबोना सप्तरीमा उजुरी दिएको उनले बताए।

    त्यसअघि राजकुमारीका श्रीमान रबिनकुमारले इलाका प्रहरी कार्यालय कडरबोनामा घाउँजाँचको निवेदन दिएका थिए।

    डीएसपी काफ्लेका अनुसार आगो लगाउनुको कारण खुलेको छैन। घटनापछि फरार आरोपितको खोजी तीव्रताका साथ भइरहेको उनले बताए।

    images
    images

    प्रकाशित :माघ २३, २०७८ आइतवार - २०:५०:३३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij