• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


काठमाडौंमा एउटै रेन्टुरेन्टबाट ७४ जना एकैपटक पक्राउ

काठमाडौंमा एउटै रेन्टुरेन्टबाट ७४ जना एकैपटक पक्राउ

images

प्रभाव न्यूज

१७ माघ २०७८
  • 16.8K
    SHARES
  • images
    काठमाडौंमा एउटै रेन्टुरेन्टबाट ७४ जना एकैपटक पक्राउ
    images
    images
    images

    काठमाडौं - काठमाडौंको बौद्धस्थित एउटै रेस्टुरेन्टबाट अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न ७४ जना पक्राउ परेका छन्। उनीहरू एकैपटक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा आठ महिला र ६६ पुरुष छन्।

    images

    दोलखा घर भई हाल बानेश्वर बस्ने सुभास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टबाट उनीहरूलाई पक्राउ गरिएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीका अनुसार अनलाइन एपको प्रयोग गरेर उनीहरूले जुवा खेल्ने र खेलाउने गर्दै आएका थिए।

    सूचनाका आधारमा प्रहरी टोलीले रेस्टुरेन्टमा छापा मारेको एसएसपी गिरीले जानकारी दिए। काठमाडौंमा एकैदिन अनलाइन जुवा खेलाउने ७४ जना पक्राउ परेको यो पहिलोपटक हा।

    उनीहरूको साथबाट ६ लाख १९ हजार २५० रुपैयाँ बरामद भएको छ। महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्त रूपमा खटी गएको प्रहरी टोलीले छापामारी उक्त खेलमा प्रयोग गरिने सामग्री (मोबाइल), बिंगो खेल्न प्रयोग गरिने कुपन र नगदसमेत बरामद गरिएको परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिए।

    images

    images
    images

    प्रकाशित :माघ १७, २०७८ सोमवार - ११:४१:०१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij