• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङमा एउटा वडा कार्यालय र विद्यालयमा तोडफोड

खोटाङमा एउटा वडा कार्यालय र विद्यालयमा तोडफोड

images

प्रभाव न्यूज

१४ माघ २०७८
  • 13.2K
    SHARES
  • images
    खोटाङमा एउटा वडा कार्यालय र विद्यालयमा तोडफोड
    फाइल तस्विर
    images
    images
    images

    काठमाडौं -  खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कको वडा कार्यालय र विधालयमा तोडफोड भएकोे पाइएको छ।

    images

    बिहीबार राती ऐसेलुखर्कको वडा कार्यालय र सोही वडाको भष्मे सिरान टोलमा अवस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा तोडफोड भएको हो।

    रडले वडा कार्यालयको गेटको चाबी तोडेर भित्र पसेर वडाध्यक्षको कार्यकक्ष, सचिवको कार्यकक्ष र सभाहलमा तोडफोड भएको ऐसेलुखर्कका वडाध्यक्ष राजेशकुमार राजभण्डारीले जानकारी दिए।

    वडाध्यक्ष राजभण्डारीका अनुसार वडाध्यक्ष र सचिवको कार्यकक्षमा भएको एक,एक वटा दराज खोली दुबै दराजको घर्रा तानेर पैसा खोजेको जस्तो देखिएको छ। कगजातहरु छरपस्ट बनाइएको पाइएको हो।

    images

    यद्यपि, वडाको ल्यापटप, कम्प्युटर जस्ता भौतिक वस्तुहरु भने सुरक्षित छ। यस्तै, त्रिभुवन माविको कार्यालय छिर्ने ढोका तोडेर प्रधानाध्यापकको कार्यकक्षमा छिरेर ल्याप्टप राख्ने बाक्सा फुटाएको पाइएको छ। विद्यालयको ल्याप्टप नलगेको र फोटोकपी गर्ने ठाउँमा छिरेर दराज फोरेर हेरेको देखिएको वडाध्यक्ष राजभण्डारीले बताए।

    images

    वडा कार्यालय र विद्यालय तोडफोडको प्रकृति हेर्दा पैसा खोजेको जस्तो देखिएको छ। तोडफोडका विषयमा प्रहरीमा उजुरी दिइएको र प्रहरीले सर्जमिन मुचुल्का तयार गरेको छ।

    अज्ञात समुहले तोडफोेड गरेको हुनसक्ने अनुमान गरिएको छ। तोडफोडमा संलग्नहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले बताए।

    images
    images

    प्रकाशित :माघ १४, २०७८ शुक्रवार - १६:०९:३०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij