• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


खेतमा लगेर दुई युवकले युवतीमाथि जबर्जस्ती करणी गरिहेको अवस्थामा जव प्रहरीलाई फोन आयो...

खेतमा लगेर दुई युवकले युवतीमाथि जबर्जस्ती करणी गरिहेको अवस्थामा जव प्रहरीलाई फोन आयो...

images

प्रभाव न्यूज

९ माघ २०७८
  • 11.5K
    SHARES
  • images
    खेतमा लगेर दुई युवकले युवतीमाथि जबर्जस्ती करणी गरिहेको अवस्थामा जव प्रहरीलाई फोन आयो...
    images
    images
    images

    काठमाडौं - शुक्रबार झिसमिसे साँझ पर्दै थियो, नेपाल प्रहरीको कन्ट्रोल रूमको १०० नम्बरमा घण्टी बज्यो। फोनमा बोलिरहेको युवतीको आवाज डरले कापिरहेको सुनिन्थ्यो।

    images

    फोनमा बोलिरहेको युवती समस्यामा छन् भन्ने आवाज सुन्नेबित्तिकै प्रहरीले लख काटिसकेको थियो। नभन्दै उनले आफूमाथि दुई जना युवकले जबर्जस्ती गरिरहेकोले तत्काल उद्धार गर्न भनेर जानकारी दिइन्।

    युवतीले घटनास्थल रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका १३ स्थित खुल्ला खेतमा बताएकोले कन्ट्रोल रूमले तत्काल ईलाका प्रहरी कार्यालय लुम्बिनीमा घटनाबारे जानकारी गरायो।

    ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक युवराजजंग कार्की कार्यालयमै थिए। घटनास्थल र घटनाबारे जानकारी पाएलगत्तै कार्कीकै कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ हिँड्यो। आत्तिएको बेला युवतीले घटनास्थलको यकिन लोकेसन दिन नसकेकोले घटनास्थल फेला पार्न दुई-चार मिनेट बढी समय लाग्यो।

    images

    यद्यपी जानकारी पाएको १० मिनेट भित्रै प्रहरी घटनास्थल पुगेको थियो। लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ पिपरास्थित खुला खेतमा दुई जना युवकले युवतीमाथि जबर्जस्ती करणी गरिरहेका थिए। नजिकै प्रहरी टोली देखेपछि एक जना भागे।

    images

    अर्कोलाई प्रहरीले रंगेहात पक्राउ गर्यो। युवतीलाई तत्कालै उद्धार गरी तत्काल अस्पताल पठायो। उनीहरू थिए स्थानीय २० वर्षिय गणेश यादव र २६ वर्षिय सुवास यादव। प्रहरीले गणेशलाई घटनास्थलबाटै पक्राउ गर्यो भने तत्काल भाग्न सफल भएको सुवासलाई सोही राती साढे ११ बजेतिर महजिदिया चोकबाट पक्राउ गरेको छ।

    प्रहरी निरीक्षक कार्कीले युवती आफू अप्ठ्यारोमा पर्ने बित्तिकै खबर गरेकोले प्रहरी तत्काल घटनास्थलमा पुगेर उद्धार गर्न सकिएको बताए। ‘घटना हुँदै गर्दा हामी पुगिसकेका थियौं’, कार्कीले भने।

    जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले घटनामा संलग्न दुबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरू गरिएको जानकारी दिए। दुबैजनालाई रूपन्देही जिल्ला अदालतबाट जरूरी पक्राउ पूर्जी स्वीकृत गराई आवश्यक अनुसन्धान सुरू गरिएको कार्कीले बताए।

    images
    images

    प्रकाशित :माघ ९, २०७८ आइतवार - १६:३६:२७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij