• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


महिलालाई होटलमा बन्धक बनाएर सामूहिक बलात्कार, महिलाको अवस्था गम्भीर

महिलालाई होटलमा बन्धक बनाएर सामूहिक बलात्कार, महिलाको अवस्था गम्भीर

images

प्रभाव न्यूज

९ माघ २०७८
  • 14.0K
    SHARES
  • images
    महिलालाई होटलमा बन्धक बनाएर सामूहिक बलात्कार, महिलाको अवस्था गम्भीर
    images
    images
    images

    विराटनगर - मोरङको सुन्दरहरैचा नगरपालिका ४ बलियामा महिलामाथि सामूहिक बलात्कार भएको छ। इटहरीबाट बहिनीको घर गछिया जाँदै गरेकी ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो। घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    images

    दुई जना फरार छन्। प्रहरीका अनुसार बेलबारी नगरपालिका ४ की ३० वर्षीया महिलाले शुक्रबारबाट इटहरीमा काम गर्न थालेकी थिइन्। काम सकेर साँझमा उनी गछियास्थित बहिनीको घर फर्कदै थिइन्।

    उनी इटहरीबाट बस चढेर शुक्रबार साँझ करीब ६ बजे गछियासम्म पुगिन्। तर, बहिनीको घरसम्म पुग्ने बाटो बर्सिइन्। बाटो सोध्दा रामबहादुर नेपालीले बहिनीको घरसम्म र्पुयाइदिने भन्दै प्रदेश २-०१-००१ च २२७ नम्बरको गाडीमा चढाए। तर उनले गाडी घुमाउँदै सुन्दरहरैचा-४ बलियामा रहेको श्रेष्ठ होटल एण्ड फेमिली लजमा लगे। सोही लजमा ती महिलामाथि रातभर सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ।

    बलात्कृत महिलाको अत्यधिक रक्तश्राव भएका कारण अवस्था गम्भीर छ। उनलाई कोसी अस्पताल विराटनगरमा भर्ना गरेर उपचार जारी छ। जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मञ्जील मुकारुङ अनुसार घटनामा संलग्न भएका होटल सन्चालक ३६ वर्षीय अर्जुन श्रेष्ठ पक्राउ परेका छन्।

    images

    सोही होटलमा काम गर्ने आरती श्रेष्ठलाई पनि नियन्त्रणमा लिइएको छ। बलात्कारको घटनामा संलग्न भएको भनिएका २७ वर्षीय मनोज श्रेष्ठ र झापा घर भएका रामबहादुर नेपाली फरार छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ। उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाए अनुसार महिलाको योनाङ्गमा गम्भीर चोट छ। महिलाको शरीरभरी नीलडाम र चोटपटक पनि छ।

    images

    यौनाङ्गमा चोट लागेका कारण रक्तश्राव भएको हो। शनिबार बिहान महिलाले बहिनीलाई खबर गरेकी थिइन्। बहिनी होटलमा पुगेर अस्पताल लगेकी थिइन्। अस्पताल लैजाँदा होटल सन्चालक अर्जुन पनि सँगै आएका थिए।

    उनलाई अस्पतालबाटै नियन्त्रणमा लिइएको हो। होटल सञ्चालक श्रेष्ठमाथि पीडित महिलाकी बहिनीलाई पनि दुव्र्यवहार गरेको आरोप छ। पीडित महिलाका ४ वर्ष र १७ महिनाका दुई जना छोरी छन् । पीडित महिला सपरिवार खोटाङबाट गत असोजमा मोरङको बेलबारी बसाइँ सरेर आएका थिए । उनका श्रीमान् २ महिनाअघि पहाड घर खोटाङ गएका थिए।

    दुई छोरीलाई गछियास्थित बहिनीको घरमा छाडेर काम गर्न गएकी उनलाई कामबाट फर्कने क्रममा अपहरण शैलीमा लगेर बलात्कार गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा महिलालाई बेहोस बनाएर करणी गरेको देखिएको प्रहरीले बताएको छ।

    शुक्रबार रातभर सम्पर्कविहीन भएकी महिलाले शनिबार बिहान साढे ८ बजे बहिनीलाई घटना बारेमा जानकारी गराएकी थिइन्।

    बहिनीलाई उद्धृत गर्दै प्रहरीले जनाए अनुसार बलात्कृत भएको कोठा रगताम्य थियो । उनलाई अस्पताल ल्याउन प्रयोग गरिएको गाडीको सिट पनि रगताम्य देखिएको प्रहरीले बताएको छ ।

    images
    images

    प्रकाशित :माघ ९, २०७८ आइतवार - १२:५०:३८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij