• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


खोटाङमा ७ वर्षीय बालकलाई आगोले जलाएर बनायो खरानी

खोटाङमा ७ वर्षीय बालकलाई आगोले जलाएर बनायो खरानी

images

प्रभाव न्यूज

२१ माघ २०७७
  • 22.6K
    SHARES
  • images
    खोटाङमा  ७ वर्षीय बालकलाई आगोले जलाएर बनायो खरानी
    images
    images
    images

    आगोमा जल्दा खोटाङमा ७ वर्षीय बालकको मृत्यु भएको छ ।                                              भत्किएको घरमा माझ बनाएर राखिएको खर र परालमा आगो लाग्दा रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी सिम्लेका जेसन मगरको मृत्यु भएको हो । मंगलबार साथीहरुसँग खेल्न गएको अवस्थामा आगो खेलाउनेक्रममा खर र परालको माझमा आगो लाग्दा बालकको मृत्यु भएको जानकारी आएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए । जेसनसँगै खेल्न गएका दुई बालकले भने भागेर बाचेका छन् ।                                        आगो सुरु भएपछि जेसन भने लुक्न खोज्दा आगोमै परेको स्थानीयले बताएका छन् । बाल विकास केन्द्र सिम्लेमा अध्ययनरत बालकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क पठाइएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।

    images

    images
    images

    प्रकाशित :माघ २१, २०७७ बुधवार - ०९:५८:३०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij