• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङमा एक बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा शिक्षक पक्राउ

खोटाङमा एक बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा शिक्षक पक्राउ

images

प्रभाव न्यूज

३ माघ २०७८
  • 23.2K
    SHARES
  • images
    खोटाङमा एक बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा शिक्षक पक्राउ
    images
    images
    images

    खोटाङ -  बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङमा शिक्षक पक्राउ परेका छन्।

    images

    १४ वर्षीय बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा रावाबेँसी गाउँपालिका–२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन्।

    भाषा आधारभुत विद्यालय खार्पामा कार्यरत पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको हो।

    छोरीलाई बलात्कार गरेको भन्दै पीडितकाका बुवाले गत बिहिबार उजुरी दिएको आधारमा आरोपित शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक सागर शाहले बताए।

    images

    स्वास्थ्य परीक्षणका क्रममा पीडित बालिका २० हप्ताको गर्भवती रहेको खुलेको आफन्तले बताएका छन्।

    images

    शिक्षक पोखरेलमाथि ९ भदौ यता पटक–पटक बालिकालाई बलात्कार गरेको अभियोग छ।

    पोखरेललाई जिल्ला अदालतबाट आइतबार ७ दिनको म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरिक्षक शाहले बताए।

    images
    images

    प्रकाशित :माघ ३, २०७८ सोमवार - ११:१२:०९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij