• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङबाट एकैदिन तीनजना सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार

खोटाङबाट एकैदिन तीनजना सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार

images

प्रभाव न्यूज

२२ कार्तिक २०७८
  • 18.5K
    SHARES
  • images
    खोटाङबाट एकैदिन तीनजना सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार
    images
    images
    images

    कात्तिक २२ खोटाङ - एकैदिन तीनजना सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। सुत्केरी व्यथावाट बिरामी भई जिल्ला अस्पताल दिक्तेलमा उपचार गराउन आएको तर, यहाँ उपचार हुन नसकेपछि सोमबार दिक्तेलबजारको स्थानीय हेलिप्याडबाट ति बिरामीहरुको उद्धार गरिएको हो।

    images

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी २३ वर्षीया दीपा आचार्य, साकेला गाउँपालिका–५ मात्तिमकी २४ वर्षीया सुनिता राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी २४ वर्षीया मेनुका खड्काको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

    तीनै जना सुत्केरी महिलालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवावाट खर्च व्यहोर्ने गरी हेलिकोप्टर व्यवस्थापन गरेर निःशुल्क उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले बताउनुभयो। श्रेष्ठका अनुसार आचार्य र राईलाई एकवटा हेलिकोप्टरबाट उद्धार गरिएको हो भने, खड्कालाई दोश्रो हेलिकोप्टर व्यवस्थापन गरेर उद्धार गरिएको हो।

    दीपालाई सुत्केरी हुने समय अगावै व्यथा लागेको तथा सुनिताको सुत्केरी हुने मिती नपुगेको र पानी फुटेर व्यथा लागिहाल्ने समस्या हुनसक्ने भएकाले बाहिर पठाउनु परेको जिल्ला अस्पताल खोटाङका एमडीजिपी डाक्टर नितु लामाले बताईन्। लामाका अनुसार मेनुकाको सुत्केरी हुने मिति पुगे पनि बच्चा खेल्ने पानी कम भएको र रक्तचाप बढेकाले रिफर गरिएको हो।

    images

    तीनैजना सुत्केरी बिरामीलाई थप उपचारका लागि प्रसुती गृह थापाथली काठमाण्डै लगिएको पारिवारीक श्रोतले जनाएको छ। जिल्लामा सुविधा सम्पन्न अस्पताल तथा दक्ष जनशक्ति नहुंदा सुत्केरी व्यथावाट सिकिस्त बिरामी परेकाहरुलाई सुविधा सम्पन्न अस्पताल लैजानुपर्ने बाध्यता छ।

    images

    images
    images

    प्रकाशित :कार्तिक २२, २०७८ सोमवार - १९:११:५२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij