कात्तिक १९, काठमाडौं। नेपालका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोलि शनिबार पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि समान्य बदली तथा अन्य प्रदेशमा मौसम सामान्यता सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कात्तिक २१ गते आइतबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षातको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।