• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


सुन्तलाको राजधानी घोर्लेमा बल्यो बिजुली

सुन्तलाको राजधानी घोर्लेमा बल्यो बिजुली

images

प्रभाव न्यूज

१८ कार्तिक २०७८
  • 26.9K
    SHARES
  • images
    सुन्तलाको राजधानी घोर्लेमा बल्यो बिजुली
    images
    images
    images

    प्रभाव न्यूज, कातिक १८, खोटाङ - खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको घोर्लेमा विद्युतको राष्ट्रिय प्रशारणलाईन विस्तार गरिएको छ । सुन्तला खेतीका लागि चर्चित मानिने घोर्लेमा गाउँपालिकाले विनियोजन गरेको २८ लाख र उपभोक्ताको श्रमदानबाट नेपाल विद्युत प्राधिकरणको गाईघाट–दिक्तेल प्रशारणलाईन अन्तरगतको विद्युत विस्तार गरिएको हो ।

    images

    गाउँपालिका अध्यक्ष शंखरबहादुर राईले घोर्लेमा वत्तीको स्वीच अन परेर विद्युत उद्घाटन गरेका छन् । गाउँका ३५ घरमा राष्ट्रिय प्रशारणलाईनको विद्युतबाट बत्ती बलेपछि घोर्लेका स्थानीयले खुसीयाली मनाएका छन् ।

    सुरुङ्खेले भन्ने ठाउँबाट पोल र तार टाँग्दै घोर्लेमा विद्युत पुर्‍याइएको हो । गाउँमा विद्युत विस्तारका लागि स्थानीयले पोल र तार ओसार्ने, शाखा लाईनको पोल गाड्ने लगायतका काममा श्रमदान गरेका थिए । भौगोलिक रुपमा कोल्टे ठाउँ भएकाले घामले नभेट्दा सोलार समेत प्रभावकारी बन्न नसकिरहेको अवस्थामा विद्युत विस्तार भएपछि युवामा उत्साह जगाएको स्थानीय शिक्षक जीवन राईले बताए ।

    गाउँमा स्थायीरुपमा उज्यालो बालिएको छ । विद्युतीय उपकरण, इन्टरनेट र सूचनामा पहुँच वृद्धि भएको छ,’ शिक्षक राईले भने, ‘युवामा विद्युतबाट चल्ने नयाँ व्यवसाय सुरु गर्ने, कृषि पेशालाई आधुनिकीकरण गर्ने सोच पलाएको छ । उर्जा मिलेको छ ।’ घोर्लेबाट वार्षिक करोडको सुन्तला निर्यात हुने गरेको छ । घोर्लेलाई खोटाङको सुन्तलाको राजधानी मान्ने गरिन्छ ।

    images

    ६ वडा रहेको जन्तेढुंगा गाउँपालिकामा २०७६ सालदेखि विद्युत बिस्तारको काम अघि बढेको हो ।

    images

    जन्तेढुंगा गाउँपालिकाको चिसापानी क्षेत्रमा बिद्युत बिस्तारका लागि तत्कालिन जिल्ला बिकास समितिले आर्थिक वर्ष २०७३/०७४ मा ५९ वटा पोल र तार उपलव्ध गराएको योजनालाई गाउँपालिकाको ८५ लाख बजेट खर्च गरेर सफल बनाएको थियो । गाउँपालिकाका अन्य वडामा पनि क्रमशः विद्युत विस्तारको काम भइरहेको छ ।

    images
    images

    प्रकाशित :कार्तिक १८, २०७८ बिहिवार - २१:०६:०८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij