• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


एक किशोरीलाई फोटो स्टुडियोमा दुई जनाले र अर्की किशोरीलाई अश्लील भिडियो देखाएर एक जनाले गरे बलात्कार

एक किशोरीलाई फोटो स्टुडियोमा दुई जनाले र अर्की किशोरीलाई अश्लील भिडियो देखाएर एक जनाले गरे बलात्कार

images

प्रभाव न्यूज

१३ कार्तिक २०७८
  • 28.3K
    SHARES
  • images
    एक किशोरीलाई फोटो स्टुडियोमा दुई जनाले र अर्की किशोरीलाई अश्लील भिडियो देखाएर एक जनाले गरे बलात्कार
    images
    images
    images

    कात्तिक १३, काठमाडौं - वीरगञ्जमा एउटी १६ वर्षीया किशोरीलाई दुई जना युवाले फोटो स्टुडियोमा जबरजस्ती पुर्याएर करणी गरेका छन्।

    images

    स्थानीय २० वर्षीय बिकर ठाकुर हजाम र २५ वर्षीय अनिल महतो कोइरीले किशोरीलाई करणी गरेका हुन्। ट्युसन पढ्न गइरहेकी किशोरीलाई उनीहरुले जबरजस्ती तानेर फोटो स्टुडियोभित्र लगेका थिए।

    स्टुडियोभित्र पुर्याएपछि उनीहरुले पालैपालो जबरजस्ती करणी गरेको बताइन्छ। उनीहरु दुबै जनालाई जिल्ला अदालत पर्साबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    १९ वर्षिया किशोरी पटक पटक बलात्कृत

    images

    वीरगञ्जमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी भएको छ। बारा कलैयाका ३८ वर्षीय जाहिर अन्सारीले झुक्याएर पटक पटक बलात्कार गरेको प्रहरीले बताएको छ।

    images

    उनले आफूलाई अविवाहित भनेर ढाँटेपछि ती युवतीसँग प्रेम सम्बन्ध गाँसेका थिए।

    युवतीलाई विवाह गर्ने प्रलोभनमा उनले दुई वर्षदेखि वीरगंजका विभिन्न स्थानमा पटक पटक करणी गरेका थिए। त्यसक्रममा अन्सासरीले अश्लील फोटो र भिडियो खिचेको समेत देखिएको छ।

    त्यहि भिडियो र फोटो गत असोज २७ गते देखाउँदै उनले पुनः जबरजस्ती करणी गरेका थिए।

    किशोरीको जाहेरीको आधारमा अन्सारीविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    यता राजधानी काठमाडौंमा २१ वर्षीया महिलामाथि पनि जबरजस्ती करणी भएको छ। उक्त अभियोगमा काठमाडौं महानगरपालिका–१५, डल्लु धुम्बाखेल बस्ने कालिकोट तिलगुफा नगरपालिका–११ का ३१ वर्षीय नारायण शाही पक्राउ परेका हुन्।

    images
    images

    प्रकाशित :कार्तिक १३, २०७८ शनिवार - २१:४८:१५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij