• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


भलिबल प्रतियोगिता हेर्न गएकी बालिकामाथि बलात्कार, अवस्था गम्भीर

भलिबल प्रतियोगिता हेर्न गएकी बालिकामाथि बलात्कार, अवस्था गम्भीर

images

प्रभाव न्यूज

१२ कार्तिक २०७८
  • 14.8K
    SHARES
  • images
    भलिबल प्रतियोगिता हेर्न गएकी बालिकामाथि बलात्कार, अवस्था गम्भीर
    images
    images
    images

    कात्तिक १२, काठमाडौं -  रूकुम पश्चिममा एक बालिकामाथि बलात्कार भएको छ।

    images

    जाजरकोटकी ती बालिकामाथि गत बुधबार रूकुम पश्चिमको आठविसकोट नगरपालिका १४ बाँकेज्युलामा बलात्कार भएको घटना बाहिरिएको हो।

    उनी बाँकेज्युलामा आयोजित भलिवल प्रतियोगिता हेर्न गएकी थिइन्। जाजरकोटको नलगाड नगरपालिका १ की १३ वर्षीया बालिकामाथि बलात्कार भएको हो।

    बालिकालाई आठविसकोट नगरपालिका १४ का २६ वर्षीय झलक जैसीले बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ।

    images

    बालिकामाथि बलात्कार भएको सम्बन्धी जाहेरी दर्ता भइसकेको र अभियुक्त जैसीको खोजी जारी राखिएको प्रहरीले जनाएको छ।

    images

    साथै बालिकालाई आठविसकोट नगर अस्पतालमा सामान्य उपचार गरेर थप उपचारका लागि बिहीबार नेपालगञ्ज पठाइएको छ।

    बालिकाको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

    images
    images

    प्रकाशित :कार्तिक १२, २०७८ शुक्रवार - ०८:४६:००

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij