कात्तिक १० काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका विषयमा के गर्ने भनेर नेपाल बार एसोसिएसनको बैठक चलिरहेका बेला जबरजस्ती घुसेपछि प्राइम टाइम्स टेलिभिजनका संचालक एवम् सञ्चारकर्मी ऋषि धमलालाई धक्का दिएर बाहिर निकालिएको छ।
उनी लखेटिएको भिडियो भाइरल बनेको हो। मंगलबार काठमाडौंको रामशाह पथस्थित नेपाल बारको मुख्यालयमा केन्द्रीय कार्यसमिति र सल्लाहकारहरूको बैठक चलिरहेका बेला धमला जबरजस्ती रुपमा अनुमति नै नलिएर क्यामरासहित घुसेका थिए।
बैठकभित्र धमलाले पत्रकारको सामान्य आचार संहिता समेत उल्लंघन गरेर कुराकानी गर्न थालेपछि बारका अध्यक्ष चण्डीप्रसाद श्रेष्ठले धमलालाई धकेलेर बाहिर निकालेका थिए। बैठक चलिरहेका बेला भित्रको दृष्य खिच्नुपर्दा पत्रकार एवम् क्यामरा खिच्ने व्यक्तिले पूर्व स्वीकृति लिनुपर्छ।
तर, धमलाले एकै पटक बैठकको लाइभ गरेको भन्दै छिरेका थिए।
बारका अध्यक्ष श्रेष्ठले धकेलेर प्राइम टिभिका मालिक एवम् सञ्चारकर्मी धमलालाई बाहिर निकालेका थिए।
यसैबीच, बार एसोसिएनसनका सल्लाहकारहरूको बैठकले प्रधानन्यायाधीश जबराले अविलम्ब राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ।
हेर्नुहोस भिडियो : भिडियो फरकधारबाट
नेपाल बारको बैठकमा “धमलाको हमला”…