कात्तिक ८, खोटाङ - पत्रकार किसन राईको भिरबाट लडेर मृत्यु भएको छ । गएराति ओखलढुंगाबाट खोटाङ हुँदै धरान जाने क्रममा खोटाङको दिक्तेल–रुपाकोट-मझुवागढी नगरपालिका–८ पंखु खोलामा लडेका राईको उपचारका क्रममा मृत्यु भएको हो।
यात्राका क्रममा राई सवार गाडी रोकेर शौच गर्ने क्रममा भिरबाट लडेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ।
ओखलढुंगाको मोलुङ गाउँपालिका-२ टेकनपुरबाट धरान नगरपालिका-१५ बसाइँ सरेका पत्रकार राई नेपाल पत्रकार संघ हङकङका अध्यक्ष हुन्।
राई हङकङबाट प्रकाशित हुने एभरेष्ट साप्ताहिक तथा एभरेष्ट खबर डटकमका प्रकाशक तथा सम्पादक र नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष समेत थिए।