कात्तिक ७ काठमाडौं - गुडिरहेको अवस्थामा बसमा एक्कासी आगलागी भएको छ। बस सुर्खेतबाट यात्रु लिएर काठमाडौं आइरहेको थियो।
सुर्खेतबाट धादिङको गजुरीमा आइपुग्दा बसमा एक्कासी आगलागी भएको हो। ना ६ ख १४७१ नम्बरको यात्रु बसमा आज बिहानपख २ बजे आगलागी भएको धादिङ प्रहरीले जानकारी दिएको छ।
बसमा पूर्णरुपमा क्षतिग्रस्त भएको छ। बसमा सवार यात्रुहरु भने सकुशल छन्। यात्रुका केही लगेज पनि जलेको छ। बसभित्र धुँवा देखिएलगत्तै चालकले बस रोकेर यात्रुहरुलाई बाहिर निकालेका थिए।
त्यसैले मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ। बसमा लागेको आगो प्रहरी र स्थानीय मिलेर निभाएका थिए। बसमा आगो लाग्नुको कारण खुलेको छैन। यद्यपि बसभित्र गरिएको वायरिङमा सट भएर आगो लागेको हुनसक्ने अनुमान छ।
https://www.facebook.com/people/Mogor-Kanxa/100016373230654/