• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


बेमौसमको वर्षा : अहिलेसम्म ८८ को मृत्यु पुष्टि, ३० बेपत्ता

बेमौसमको वर्षा : अहिलेसम्म ८८ को मृत्यु पुष्टि, ३० बेपत्ता

images

प्रभाव न्यूज

४ कार्तिक २०७८
  • 14.8K
    SHARES
  • images
    बेमौसमको वर्षा :  अहिलेसम्म ८८ को मृत्यु पुष्टि, ३० बेपत्ता
    images
    images
    images

    कात्तिक ४, काठमाडौं - बेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

    images

    मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कुल ३० जना बेपत्ता भएका छन्। अधिकांशको पहिरोका कारण ज्यान गएको हो। आज मात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ।

    यसअघि, बुधबार ६३ र मंगलबार १४ को मृत्यु पुष्टि भएको थियो। विपद्मा परेर पाँचथरमा मात्रै सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ। इलाम र डोटीमा १३, १३ जनाको मृत्यु भएको छ।

    यस्तै, कालिकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्षति भएको महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिइन्।

    images

    विपद्बाट २० जिल्ला प्रभावित भएका छन। बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन्।

    images

    पाँचथरमा चारसहित विभिन्न जिल्लामा गरेर ३० बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ। आजबाट भने मौसममा सुधार आएको छ। रासस

    images
    images

    प्रकाशित :कार्तिक ४, २०७८ बिहिवार - ०९:५०:१४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij