कात्तिक ३, काठमाडौं- प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले बाढीपहिरोले घरबारविहिनलाई राहतको घोषणा गरेको छ।
आज बसेको मन्त्रिपरिषदको बैठकले घरबारविहिन भएकाहरुलाई ३ देखि ५ लाख रुपैयाँसम्म अनुदानको घोषणा गरेको हो।
घर भत्केकाहरुलाई बनाउनका लागि हिमाली जिल्लामा ५ लाख, पहाडी जिल्लामा ४ लाख र तराईका जिल्लामा ३ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको हो। घर निर्माणका लागि जग्गा नहुनेलाई थप ३ लाख उपलब्ध गराउने निर्णय गरेको छ।
बाढीपहिरोले कुनै परिवारका एकजना सदस्यको मृत्यु भएमा २ लाख दिने निर्णय गरेको छ।
एक भन्दा बढीको मृत्यु भएमा प्रति व्यक्ति एक लाख थप राहत दिने निर्णय समेत भएको छ। बाढीपहिरोमा परी घाइते भएकाको निःशुल्क उपचार गर्ने निर्णय समेत गरेको छ।