भोजपुरका एक हजार बढीले कोभिडको खोप पाउने भएका छन्। कोभिड विरुद्धको खोप अभियानमा एक हजार ३३५ जनालाई खोप दिइने जिल्ला अस्पतालका सूचना अधिकारी सुरेन्द्र भण्डारीले जानकारी दिए।
अभियानको पहिलो दिन हिजो जिल्ला अस्पताल भोजपुरका मेडिकल अधिकृत, स्वास्थ्यकर्मी, सरसफाईकर्मी लगाएत गरी १२८ जनालाई खोप लगाइएको स्वस्थ्य कार्यालय भोजपुरले जनाएको छ।
खोपको पहिलो डोज लगाएर दोस्रो डोज चार सातापछि लगाएसंगै मात्रा पुरा हुने स्वास्थ्य कार्यालयले जनाएको छ। कोभिसिल्ड कोरोनाविरुद्धको खोप जिल्लामा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, सामुदायीक स्वास्थ्य स्वयंसेविका, सरफाईकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, सहचालक र कोरोना भाइरसबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई खोप दिइने जनाइएको छ।