• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


पर्यटकलाई आकर्षण गर्न लोहोकिल पार्क निर्माण

पर्यटकलाई आकर्षण गर्न लोहोकिल पार्क निर्माण

images

प्रभाव न्यूज

२८ आश्विन २०७८
  • 10.0K
    SHARES
  • images
    पर्यटकलाई आकर्षण गर्न लोहोकिल पार्क निर्माण
    images
    images
    images

    खोटाङ- खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा लोहोकिल पार्क निर्माण गरिएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत गाउँपालिकाको बजेट तथा उपभोक्ता समितिको श्रमदान गरी रु २४ लाख २९ हजार ७०६को लागतमा पार्क निर्माण गरिएको हो ।विसं २०१६ मा बनाइएको पुरानो पोखरी सिम्पानी बजार विस्तारका क्रममा पुरिएपछि सोही ठाउँमा पार्क बनाइएको गाउँपालिकाका प्रमुख प्रदीपकुमार राईले बताए । ‘सिम्पानीमा बजार विस्तारका क्रममा पुरानो पोखरी पुरिनाका साथै पोखरीछेउको जोडी बरपीपलको ठूलो रुख ढालिएको थियो’, उनले भने, ‘ऐतिहासिकस्थलको रुपमा रहेको लोहकिलमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि पुरिएको पोखरीलाई पुनर्जिवन दिन बीचमा राखिएको ढुङ्गाको आकृतिबाट पानीको फोहरा निस्कने पोखरीसहितको पार्क बनाइएको छ ।’ ऐतिहासिक तथा व्यापारिक केन्द्र सिम्पानी बजारको सौन्दर्य बढाउँदै पर्यटकलाई आकर्षण गराउने र घुमफिर गर्नाका लागि पार्क निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । पार्क निर्माणका क्रममा स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमबाट विनियोजित रु १४ लाख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष रोजगार कार्यक्रमको रु सात लाख ५० हजार खर्च भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिए । यसैगरी उपभोक्ता समितिबाट (दश प्रतिशत) रु दुई लाख ५० हजार ५८१ बराबरको श्रमदान जुटाइएको थियो । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्क शुभारम्भ गरे । भौतिक पूर्वाधार निर्माणमा जिल्लाका अन्य स्थानीय तहभन्दा अगाडि देखिएको गाउँपालिकाले पछिल्लो समय पर्यटन पूर्वाधार विकासलाई जोड दिएको छ । जिल्लाका गाउँपालिकामध्ये सबैभन्दा ठूलो नौँ वडा रहेको उक्त गाउँपालिकाका हरेक वडामा एक/एक पर्यटकीय गन्तव्य बनाउन धार्मिक तथा पर्यटकीय क्षेत्रको स्तरोन्नति भइरहेको छ । पर्यटकीयस्थल कपासेभञ्ज्याङमा राष्ट्रिय विभूति पार्क, इन्द्रेणीपोखरीमा इन्द्रेणीको आकृति, रोक्सिमभञ्ज्याङमा रहेको भालेढुङ्गा स्तरोन्नतिलगायतका काम अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ । छिमेकी जिल्ला भोजपुरसँगको सिमानामा पर्ने कपासेभञ्ज्याङमा प्रदेश नं १ सरकारको समेत लगानी रहेको त्यहाँका वडाध्यक्ष दीपेन थुलुङले बताए ।

    images

    images
    images

    प्रकाशित :आश्विन २८, २०७८ बिहिवार - १३:३१:०४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij