• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङका आठ जनाले गुमाए ज्यान

खोटाङका आठ जनाले गुमाए ज्यान

images

प्रभाव न्यूज

२० आश्विन २०७८
  • 27.5K
    SHARES
  • images
    खोटाङका आठ जनाले गुमाए ज्यान
    images
    images
    images

    वैदेशिक रोजगारीका सिलसिलामा गत आर्थिक वर्ष खोटाङका आठ जनाले ज्यान गुमाएका छन। रोजगारीका सिलसिलामा मलेसिया, कतार र साउदी अरेबियामा पुगेको अवस्थामा आर्थिक वर्ष २०७७-०७८ मा आठ जनाले ज्यान गुमाएको सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम संयोजक सन्तोष राईले बताउनुभयो।

    images

    साउदीअरेविया पुगेका हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका मिलन दर्जी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ चिउरीडाँडाका नरेश बर्देवा, खोटेहाङ गाउँपालिका–५ चिप्रिङ्गका अनिल राई, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका धनसेर राई, मलेसिया पुगेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका ध्यानसिंह राई र रावाबेँसी गाउँपालिका–६ हौंचुरका कृष्णकुमार राई, कतार पुगेका केपिलासगढी गाउँपालिका–७ सुङदेलका छत्रे भुजेल र साकेला गाउँपालिका–३ खिदिमाका कुलबहादुर खत्रीको मृत्यु भएको हो ।

    दर्जीको २ असोज २०७७ मा मृत्यु भएको हो। २०७६ सालमा साउदीअरेविया पुगेका वर्देवाको एक्कासी पेट दुखेर अस्पताल लैजानेक्रममा १३ मंसिर २०७७ मा मृत्यु भएको बताइएको छ ।

    अनिलको भने कोभिड–१९ को संक्रमणका कारण मृत्यृ भएको हो। प्रवासी नेपाली समन्वय समिति (पिएनसिसि, दुतावात लगायतको पहलमा कतिपय मृतकको शव तथा कतिपयको अस्तु मात्र घर ल्याइएको कार्यक्रम संयोजक राईले बताउनुभयो।

    images

    चालु आर्थिक वर्ष केपिलासगढी गाउँपालिकाको एक कामदारको मृत्यु भएको सामीले जनाएको छ।

    images

    images
    images

    प्रकाशित :आश्विन २०, २०७८ बुधवार - १४:०४:४९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij