• मंगलवार, कार्तिक १८ गते २०८३

TRENDING :

Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते


जुनसुकै कम्पनीका प्रिन्टरको सर्भिस तथा मर्मत गर्न दिक्तेलमा क्याम्पको आयोजना

जुनसुकै कम्पनीका प्रिन्टरको सर्भिस तथा मर्मत गर्न दिक्तेलमा क्याम्पको आयोजना

images

प्रभाव न्यूज

१४ माघ २०७७
  • 20.7K
    SHARES
  • images
    जुनसुकै कम्पनीका प्रिन्टरको सर्भिस तथा मर्मत गर्न दिक्तेलमा क्याम्पको आयोजना
    images
    images
    images

    खोटाङ- विजय स्टोर एण्ड सप्लायर्सले जुनसुकै कम्पनीका प्रिन्टरको सर्भिस तथा मर्मत गर्ने भएको छ।

    images

    सप्लायर्सले विज्ञ प्राविधिकहरुद्वारा सवै कम्पनीका प्रिन्टर मर्मत तथा सर्भिस गर्ने भएको हो। विग्रिएका, बन्दै नबनेका तथा विभिन्न समयमा समस्या दिंदै आएका जुनसुकै प्रिन्टर पनि मर्मत तथा सर्भिस गरि बनाउन माघ १५ देखी माघ १७ सम्म दिक्तेलबजारको त्रिवेणीचोकस्थित विजय स्टोर एण्ड सप्लायर्समा सर्भिस क्याम्पको आयोजना गरिएको सप्लायर्सका प्रोपाइटर अजय बस्नेतले जानकारी दिए ।

    उनले भने, “विग्रएको प्रिन्टर बनाउन काठमाडौं पठाउनु पर्ने हुन्छ, मर्मतका लागि पठाइएको प्रिन्टर हतपत बनेर आउँदैन, हराउने डर उत्तिकै हुन्छ, त्यसैले ज-जसका बिग्रिएका प्रिन्टर छन् हामीले यहिँ बनाइदिने गरि क्याम्पको आयोजना गरेका छौं।” प्रिन्टर थोरै पैसामा ग्यारेन्टीका साथ मर्मत तथा सर्भिस गरिने भएकोले प्रिन्टर प्रयोगकर्ताहरुलाई त्यस्ता प्रिन्टर ल्याउन सप्लायर्सले अनुरोध गरेको छ।

    सप्लायर्सले दिक्तेलस्थित त्रिवेणीचोकबाट इलेक्ट्रोनिक सामानहरुको होलसेल मुल्यमा खरिद तथा मर्मतको सेवा प्रदान गर्दै आएको छ। प्रिन्टर प्रयोगकर्ताहरुले विग्रिएका प्रिन्टर मर्मत गर्न काठमाडौं लानुपर्ने बाध्यता रहेको र धेरै दुख पाइने गुनासो गरेका कारण सबै प्रकारका प्रिन्टर मर्मत गर्ने गरि क्याम्प संचालन गर्न लागिएको बस्नेतले जानकारी दिए।

    images

    यस अघि पनि दिक्तेलबजारमै वासिङ मेसिन, फ्रिज,एलडि टिभी, ओभनलागयका विद्युतिय घरायसी सामानहरुको पनि सप्लायर्सले क्याम्प चलाएको थियो। उक्त क्पाम्पबाट सयौं ग्राहकले सुविधा लिएका थिए।

    images

    थप जानकारीका लागि तलको लिङ्क खोल्नुहोस् ।

    https://www.facebook.com/bijaya.store.and.suppliers/shop/?referral_code=page_shop_tab&preview=1

    images
    images

    प्रकाशित :माघ १४, २०७७ बुधवार - १६:४०:५३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij