• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


कार्यालयको भूमिकालाई अझ बढी सक्षम बनाउन नगरप्रमुख र अधिकृतबीच कार्य सम्पादन सम्झौता

कार्यालयको भूमिकालाई अझ बढी सक्षम बनाउन नगरप्रमुख र अधिकृतबीच कार्य सम्पादन सम्झौता

images

प्रभाव न्यूज

१९ भाद्र २०७८
  • 11.2K
    SHARES
  • images
    कार्यालयको भूमिकालाई अझ बढी सक्षम बनाउन नगरप्रमुख र अधिकृतबीच कार्य सम्पादन सम्झौता
    images
    images
    images

    भदौ १९, खोटाङ -  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच कार्य सम्पादन सम्झौता भएको छ।

    images

    नगर कार्यपालिकाको कार्यालयको भूमिकालाई अझ बढी सक्षम, सुदृढ, सेवामुलक र उत्तरदायी बनाउन कार्य सम्पादन सम्झौता भएको हो। शुक्रबार नगरपालिकाको सभाहलमा एक कार्यक्रम गरी नगरप्रमुख दिपनारायण रिजाल र प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालले कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरेर सम्झौता पत्र साटासाट गरेका छन्।

    कार्य सम्पादन सम्झौतामा एक आर्थिक वर्षमा गरिने कामहरुको सम्पूर्ण फेहरिस्त उल्लेख गरिएको छ। त्यस कामलाई समय सीमाभित्र निर्माण सम्पन्न गर्नेगरी निर्धारण गरिएको छ। यस्तै, प्रमुख प्रशासकीय अधिकृत दाहालले मातहतका सम्पूर्ण शाखा प्रमुख तथा १५ वटाका वडा सचिवसँग पनि आजै कार्य सम्पादन सम्झौता गर्नुभएको छ।

    कार्य सम्पादन सम्झौतामा उल्लेख भएका विषयहरुलाई सुक्ष्म तवरले व्यवहारमा उतार्न सम्पूर्ण शाखा प्रमुख र वडा सचिवहरुलाई अधिकृत दाहालले आग्रह गर्नुभयो। कार्य सम्पादन सम्झौता सुशासनको मेरुदण्ड हो। यसले विषयगत शाखाहरुलाई उत्तरदायी बनाउनमा महत्वपूर्ण भूमिका खेल्दछ। अधिकृत दाहालले भन्नुभयो, “कार्य सम्पादन सम्झौताका इण्डिकेटर, सूचक र समय सीमामा रहेर वर्षभरीमा गर्नुपर्ने कामहरु सम्पादन गर्नुहोला।” हरेक आर्थिक वर्षको समापनपछि भरिने कार्य सम्पादन मूल्याङकनको मुख्य आधार भनेकै कार्य सम्पादन सम्झौता भएको पनि दाहालले प्रष्ट पार्नुभयो।

    images

    नगर उपप्रमुख विणादेवी राईले कर्मचारीहरुसँग कही कतै भनाभन भए पनि ति कुरालाई विर्सेर सबै एक भई काम गर्नुपर्ने र संमृद्ध नगरपालिका बन्ने बताईन्। हिजोका दिनमा कर्मचारीले गरेको कामका आधारमा सतप्रतिशत नम्बर दिएर कार्य सम्पादन मूल्याङकन भर्ने चलन थियो तर, आजवाट त्यो हटेर कार्य सम्पादन सम्झौतामा उल्लेख गरेका कामहरु कति पूरा गरेको छ त्यसको आधारमा मात्रै कर्मचारीको मूल्याङकन गरिने नगरप्रमुख रिजालले बताउनुभयो। सम्झौता अनुसार काम गरे-गरेनन् त्यो अनुसार मात्रै अब कर्मचारीको कार्य सम्पादन मूल्याङकन हुन्छ। हिजोको पूरानो चलन सकियो, सम्झौतामा भनिए बमोजिम वर्षभरीका काम गरे-गरेनन त्यसको आधारमा अब मूल्याङकन हुन्छ, मापन हुन्छ।

    images

    हो त्यो मापन गर्नका लागि हामीले कार्य सम्पादन सम्झौता गरेका हौ। नगरप्रमुख रिजालले भन्नुभयो, ‘कार्य सम्पादन सम्झौता कडाईका साथ आ–आफ्नो ठाउँबाट कार्यन्वयन गरौ।’ नगरपालिकाले यो आर्थिक वर्षलाई सेवा प्रवाह सुधार वर्षको घोषणा गरेको बताउँदै नगरप्रमुख रिजालले कतिपय कर्मचारीले आफ्नो पेशागत आचरणलाई राम्रो पालना गरेको र कतिपयले पेशागत आचरण भुलेर विभिन्न गतिविभि गरिरहेको देखिएको बताउनुभयो।

    पेशागत आचरणलाई उच्च प्राथमिकतामा राखेर सेवा प्रवाह गर्ने कर्मचारीलाई धन्यवाद र पेशागत आचरणलाई बिर्सेर अराजक गतिविधि गर्ने कर्मचारीलाई आजैवाट सच्चिन नगरप्रमुख रिजालले निर्देशन दिनुभयो। भोलीको समयमा त्यस्तो देखिएमा कसैलाई पनि क्षम्य हुदैन। जनताको काम गर्दा गुनासो नआउनेगरी सेवा दिन पनि कर्मचारीलाई उहाँले आग्रह गर्नुभयो।

    images
    images

    प्रकाशित :भाद्र १९, २०७८ शनिवार - ०९:४४:३१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij