भदौ ६, खोटाङ- १५ केजी गाँजा घरमा लुकाइ राखेको अवस्थामा हलेसी तुवाचुङ नगरपालिका-७ कात्तिकेका ५७ वर्षीय मगम राई र अवैध भरुवा बन्दुक घरमा लुकाएर राखेको अवस्थामा सोही नगरको वडा नम्बर- ७ ऐसेलुखर्कका ३७ वर्षीय खगेन्द्र रार्ईलाई प्रहरीले पक्राउ गरेको छ।
मगमले प्रतिबन्धित लागुऔषध गाँजा घरमा लुकाइ राखेको भन्ने गोप्य सूचनाका आधारमा र खगेन्द्रले भरुवा बन्दुक घरमा लुकाइराखेको अवस्थामा दुवैलाई शनिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर साहले जानकारी दिए।
पक्राउ गरिएका दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको शाहले जनाए।