उत्तम चौलागाई, भदौ ४, खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमस्थित कोटगैरा (घुमाउनेचौंर) मा बन्न लागेको खेलमैदानका विषयमा नेकपा माओवादी केन्द्र हलेसी तुवाचुङ नगर कमिटिले मुख खोलेको छ।
आर्थिक वर्ष २०७७-०७८ को अन्तिममा युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त भएको ३० लाखमा सुरु गरिएको हलेसी तुवाचुङ खेलमैदान निर्माण कार्यमा माओवादी केन्द्रको अवरोध भन्ने समाचार विभिन्न संचारमाध्यममा प्रकाशन, प्रशारण भएपछि कमिटिले विज्ञप्ती जारी गरेको छ।
दुर्छिमको कोटडाँडा किरात राई जातिको आदिम पूर्खा तयामा–खियामा दिदी–बहिनी साँयाकु र कोटडाँडामा अध्ययन गर्ने र सिप सिक्ने ठाँउ हो भन्ने किम्बदन्ती रहेको उल्लेख गर्दै संसारभरिका किरातहरुको महत्वपूर्ण र ऐतिहासिक साँस्कृतिक पर्यावरणीय बोकेको किरात सम्पदालाई नष्ट गर्नु उपयुक्त नभई संरक्षण गर्दै जानु आजको आवश्यकता हो, विज्ञप्तिमा भनिएको छ।
नगर कमिटिका इन्चार्ज हस्तवहादुर राई (आमोद) ले बुधवार विज्ञप्ती जारी गर्दै धार्मिक, साँस्कृतिक, ऐतिहासिक, सामाजिक महत्व बोकेको क्षेत्रलाई ध्वस्त बनाउन बाहेक अरु कुनै काम नभएको उल्लेख गर्दै खेलमैदान अन्य ठाँउमा निर्माण गर्न र खेलाडीहरुलाई भौतिक, नैतिक र आर्थिक रुपले प्रोत्साहित गर्न विज्ञप्तीमार्फत आग्रह गरेको छ।
माओबादीका नेता तथा पूर्वगाविस अध्यक्ष कुवेरमणि राईले अन्यत्र स्थानमा खेलमैदान निर्माण गर्न भन्दै जेठ ३० गते सव–डिभिजन वन कार्यालय महादेवस्थानमा उजुरी दिएपछि खेलमैदान निर्माणको काम बिचैमा रोकिएको थियो।
सो क्षेत्रमा खेलमैलान निर्माण गर्न नहुने भन्दै उजुरी हाल्ने कुवेरमणि राई केन्द्रको नेता हो की हैन भन्ने प्रश्नमा इन्चार्ज आमोदले कुवेरमणी आफ्नो पार्टीमा नरहेको जनाए। यदि कुवेरमणी राई माओवादी पाटीमा नरहेको भए माओवादी केन्द्रले सो ठाउँमा खेलमैदान बन्न हुन्न अयन्त्र ठाउँमा बनाइनुपर्छ भन्दै किन विज्ञप्ती निकाल्यो प्रश्न खडा भएको छ।
माओवादी केन्द्रलाई स्थानीय सरकारद्धारा खेलमैदान विकास विरोधी भनेर लगाइएको आरोप/लान्छना गलत भएको विज्ञप्तीमा भनिएको छ। यद्यपि, केन्द्रले विकास विरोधी भनेर लगाइएको आरोप-लान्छना गलत भएको भनेपनि ऐतिहासिक, सास्कृतिक, पुरातात्विक होलेसुङगढी क्षेत्रभित्र खेलमैदान निर्माण गर्ने बहानामा धार्मिक, सांस्कृतिक एतिहासिक महत्व बोकेको क्षेत्रलाई ध्वस्त बनाउन नपाइने बताउदै दोहोरो चरित्र देखाएको छ। कोटगैरा (घुमाउनेचौंर) का स्थानीयले माओवादी केन्द्रको अवरोधका कारण खेलमैदान निर्माण कार्य अलपत्र बनेको आरोप लगाइरहेका बेला केन्द्रले आफैं घुमाउरो ढंगबाट ऐतिहासिक महत्व बोकेको क्षेत्रलाई ध्वस्त बनाउन नपाइने भन्ने गरि विज्ञप्तीमार्फत पुष्टि गरेको छ।
नगर कमिटिका इन्चार्ज हस्तवहादुर राई (आमोद) ले टेलीफोन सम्पर्कमा कुरा गर्दै भनेका छन् ‘यो सानो विषय हो, आधा निर्माण भइसकेको खेलमैदान अलपत्र पार्न हुन्न। एक पटक स्थानीय सरकार, सरोकारवालाहरुसँग बसेर छलफलको माध्यमबाट समस्या हल गर्नुपर्छ।
माओबादीका नेता तथा पूर्वगाविस अध्यक्ष कुवेरमणि राईले अन्यत्र स्थानमा खेलमैदान निर्माण गर्न भन्दै जेठ ३० गते सव–डिभिजन वन कार्यालय महादेवस्थानमा उजुरी दिएपछि खेलमैदान निर्माणको काम बिचैमा रोकिएको थियो।
सो क्षेत्रमा खेलमैलान निर्माण गर्न नहुने भन्दै उजुरी हाल्ने कुवेरमणि राई केन्द्रको नेता हो की हैन भन्ने प्रश्नमा इन्चार्ज आमोदले कुवेरमणी आफ्नो पार्टीमा नरहेको जनाए। यदि कुवेरमणी राई माओवादी पाटीमा नरहेको भए माओवादी केन्द्रले सो ठाउँमा खेलमैदान बन्न हुन्न अयन्त्र ठाउँमा बनाइनुपर्छ भन्दै किन विज्ञप्ती निकाल्यो प्रश्न खडा भएको छ।
यस्तो छ वास्तविकता !
‘एक स्थानीय तह एक खेलमैदान निर्माण गर्ने संघीय सरकार र स्थानीय सरकारको अवधारणा अनुसार हलेसी तुवाचुङ नगरपालिकाले सुरु गरेको खेलमैदान निर्माणको काम सुरुवाती चरणबाटै विवादमा फसेको छ। मालपोत कार्यालयमा जग्गाधनीको हकहिस्सा ‘सरकारी’ र जग्गाको किसिम ‘वनमारा’ उल्लेख भएको भन्दै नगरपालिकाले घुमाउनेचौंरको कित्ता नम्बर १७ को ५४ रोपनी १४ आना ११ दाम जग्गामा नगरपालिकाले खेलमैदान निर्माण सुरु गरेको थियो।
तर, ऐतिहासिक होलेसुङगढी र चण्डीडाँडा सामुदायिक वनमा क्षती पुग्ने भन्दै सव–डिभिजन वन कार्यालय, डिभिजन वन कार्यालय, वन तथा भू–संरक्षण विभाग र अख्तियारमा उजुरी परेपछि खेलमैदान निर्माणको काम बिचैमा रोकिएको छ। ऐतिहासिक खुला संग्रहालय बनाउन प्रस्ताव गरिएको सो क्षेत्रमा नगर कार्यपालिकाको बैशाख १९ गतेको बैठकले खेलमैदान निर्माण गर्ने निर्णय गरेको थियो।
सो स्थानमा डिपिआर तयार पारेर फुटबल, भलिबल, एथ्लेटिक्स, मार्सल आर्ट, व्याडमिन्टन लगायतका खेलकुद सञ्चालन गर्न मिल्नेगरी खेलमैदान निर्माण सुरु गरिएको थियो। सरकारी घना जंगलमा निर्माण गरिने खेलमैदानका कारण जंगल विनास हुने भन्दै माओबादीका नेता तथा पूर्वगाविस अध्यक्ष कुवेरमणि राईले अन्यत्र स्थानमा खेलमैदान निर्माण गर्न भन्दै जेठ ३० गते सव–डिभिजन वन कार्यालय महादेवस्थानमा उजुरी दिएपछि सव–डिभिजन वन कार्यालयले पनि जेठ ३१ गते सरकारी वन क्षेत्रमा खेलमैदान खन्न नदिन नगरपालिकालाई पत्राचार गरेको थियो।
तर, विक्रम राई अध्यक्ष रहेको उपभोक्ता समितिले असार १३ गते घुमाउनेचौंरमा खेलमैदान निर्माण सुरु गरेको थियो। डिभिजन वन कार्यालयको असार १३ गतेको अर्को पत्रअनुसार सोही दिन नगरपालिकाले खेलमैदानको काम रोक्न उपभोक्ता समितिलाई पत्र पठाएको थियो।
जंगल मासेर खेलमैदान बनाउन लागेको भन्दै दुर्छिमकै इच्छाराम राईले दिएको उजुरीको सम्वन्धमा आवश्यक छानविन गरी प्रचलित कानून बमोजिम गर्नु/गराउनु भन्दै वन तथा भू–संरक्षण विभागको असार ७ गतेको पत्र अनुसार डिभिजन वन कार्यालयले असार १३ गतेकै दिन सव–डिभिजन वन कार्यालय महादेवस्थानलाई पनि पत्र पठाएको थियो।
खेलमैदान निर्माणको काम रोक्नका लागि सव–डिभिजन, डिभिजन वन कार्यालयदेखि वन तथा भू–संरक्षण विभागमा मात्र नभएर अख्तियारसम्म उजुरी पुग्यो। इच्छाराम राईले असार १४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नगरप्रमुख इवन राई, दुर्छिमका वडाध्यक्ष रमेश तिवारी र उपभोक्ता समितिका अध्यक्ष राईलाई विपक्षी बनाएर उजुरी दिएका छन्।
अख्तियारमा आफैले उजुरी हाल्न लगाएको कुबेरमणि बताउँछन्। अख्तियारमै उजुरी परेपछि बन्द भएको खेलमैदान निर्माणको काम पुःन असार २२ गते कोटगैराका स्थानीयको अगुवाईमा सुचारु गरियो।
विवादकाविच सुचारु गरिएको काम रोक्नका लागि प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा सुरक्षा बल सहित दुर्छिम पुगेका थिए। तर, स्थानीय रोकिएका छैनन् । १ करोड ७९ लाख ५८ हजारको लागत स्टीमेट गरिएको खेलमैदानका लागि नगरपालिकाको ३० प्रतिशत रकम लागत साझेदारी हुने भनिएको छ। उपभोक्ता समितिले १० लाख पेश्की लिएर खेलमैदान निर्माणको काम सुरु गरेको थियो।
घुमाउनचौंरको सो जग्गा सरकारी भएको आधारमा खेलमैदान निर्माणको काम सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख राईले बताए। सो जग्गालाई सरकारी जग्गा भनिएपनि चुमाखुका ११ मोहीले हालसम्म दावी प्रस्तुत गरेको देखिन्छ।
बिक्रम सम्वत १९९९ सालमा नामासी दर्ता भएको पाखो जग्गाको २०२४ सालको ७ नम्बर फारम भएको मोहीको दावी छ। नगरपालिकाकातर्फबाट २०७७ साल कात्तिक २ गते युवा तथा खेलकुद मन्त्रालयमा सहकार्य गर्नेगरी बजेट माग गरिएको थियो।
खेलमैदान निर्माण योजना विवादित बनेपछि र अख्तियारसम्म उजुरी परेपछि युवा तथा खेलकुद मन्त्रालयको बजेट फ्रिज भएको छ। पेश्की स्वरुप लिइएको १० लाख पनि कामको मूल्यांकन गरेर बाँकी रहने रकम फिर्ता गर्ने उपभोक्ता समितिले बताएको छ। खेलमैदान निर्माणको कामलाई सफल पार्नका लागि कोटगैराका स्थानीयले ६ लाख रकम संकलन गरिसकेको बताएका छन्।
उपभोक्ता समितिका सचिव फलामसिं राईले जुनसुकै हालतमा खेलमैदान निर्माणको काम सम्पन्न गर्ने दावी गरका छन्। सो जग्गाको सिमाना २०७७ साल असोज २६ गते कायम गरिएको थियो। जग्गा यकिन गर्नका लागि नगरपालिकाले गत जेठ ३१ गते मालपोतमा पत्राचार गरेको थियो। सो पत्रका आधारमा मालपोतले असार १ गते जग्गाधनीको हक हिस्सा ‘सरकारी’ र जग्गाको किसिम ‘वनमारा’ उल्लेख गरेर जानकारी पठाएको थियो।
अर्को कुरा अख्तियारमा उजुरी दिने इच्छाराम राई र खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष बिक्रम राईबिचको व्यक्तिगत टकरावको असर समेत खेलमैदान निर्माणमा परेको पाइएको छ। कुनैबेला इच्छाराम र बिक्रम क्रमशः एउटै विद्यालयका प्रअ र व्यवस्थापन समितिका अध्यक्ष थिए।
खेलमैदानमा विवाद उत्पन्न गरेर मेयरमाथि आक्रमण गर्ने ‘इन्टेरेष्ट’ले पनि यसमा वल पु–याएको छ। मेयर राई भने घुमाउनेचौंरको जग्गा व्यक्तिको नाममा ल्याउने प्रपञ्चकै कारण खेलमैदान निर्माणमा अवरोध गरिएको दावी गर्छन्।
‘सुरुमा गढी मासियो भनियो, त्यसपछि वन मासियो भनियो र अन्तमा व्यक्तिको जग्गामा खेलमैदान निर्माण गर्न लागियो भन्दै इस्यू ट्वीस्ट पनि गर्न थालिएको छ।’ मेयर राईले भने, ‘नत्र ऐतिहासिक क्षेत्रमा खेलमैदान बनाउन हुन्न भन्नेले ऐतिहासिक क्षेत्रको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने कोसिस पनि गर्नुहुँदैन भन्न सक्नु पर्छ।’
दुर्छिमका चार-पाँच जनाको स्वार्थगत लडाईले खेलमैदान निर्माणका नाममा विवाद सिर्जना भएको स्थानीय एक युवा नेता बताउँछन्। चुमाखुका मोही र कोटगैराका स्थानीयविचमा द्धन्द्ध सिर्जना गर्ने किसिमले उत्पन्न विवाद हल गर्नमा भने हालसम्म कसैको अग्रसरता देखिएको छैन।
घुमाउनेचौंरमा खेलमैदान निर्माणका क्रममा अवरोध भएपछि कोटगैराका स्थानीयले असार १५ गते नगरपालिकामा निवेदन दिँदै होलेसुङगढी रहेको चण्डीडाँडा सामुदायिक वन क्षेत्रमा पनि भौतिक संरचना निर्माण रोक्न माग गरेका छन्। सामुदायिक वन क्षेत्रभित्र खेलमैदान निर्माण गर्न नदिने भए सामुदायिक वन क्षेत्रभित्रै पर्ने होलेसुङगढी आसपासमा पनि भौतिक संरचना निर्माण गर्न नदिने उनीहरुको अड्को छ।
चण्डीडाँडा सामुदायिक वनमा होलेसुङ पार्क, प्रवेशद्धार लगायतका संरचना निर्माण भइसकेको छ। वनजंगललाई नछुने हो भने कुनै पनि विकास निर्माणको काम सम्भव नहुने स्थानीय सुवास राईले बताए। ‘सडक बनाउँदा वन मासिएको छ। विद्युत विस्तार गर्दा वन मासिएको छ,’ राईले भने, ‘वनलाई जोगाउनु पर्छ तर वनलाई नछोइकन विकास सम्भव छैन।’
एकअर्कामा यही अड्को थाप्दै जाने हो भने चण्डीडाँडा सामुदायिक वन क्षेत्रमा पर्ने होलेसुङगढीमा अन्य संरचना बनाउन झन् कठिन हुने देखिन्छ। जवकी होलेसुङगढी संरक्षणका लागि चालु आर्थिक वर्ष पुरातत्व बिभागबाट २५ लाख र प्रदेश सरकारबाट ५० लाख (नगरको लागत साझेदारी सहित ७० लाख) लगायतका बजेट विनियोजन भएको छ। खेलमैदान निर्माणको काम अलपत्र परेको दोषको हिलो भने एकले अर्कालाई छ्याप्न थालिएको छ।
मेयर राई माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको अवरोधका कारण खेलमैदान निर्माणको काम अघि बढ्न नसकेको आरोप लगाउँछन्। वनमा उजुरी दिने र अख्तियारमा उजुरी दिन लगाउने कुबेरमणी नेकपा माओवादी केन्द्र सम्वद्ध भएकाले पार्टी मुछिएको मेयर राईको तर्क छ। ‘देशमा कांग्रेस, माओवादी केन्द्र लगायतको सरकार छ। यहाँ भने माओवादीका साथीहरुले दुःख दिने काम गरेको छ,’ कांग्रेसबाट निर्वाचित मेयर राईले भने, ‘उजुरी दिनेदेखि सिडिओे, डिएफओलाई काम रोक्नका लागि प्रेसर गर्न जाने उहाँहरु नै हो।’
कुवेरमणी भने मेयरको दावीसँग सहमत छैनन्। ‘म एउटा राजनैतिक कार्यकर्ता हो। तर खेलमैदानको विषयमा राजनीति गरिएको छैन,’ कुबेरले भने, ‘ऐतिहासिक स्थललाई जोगाउन पर्छ भन्ने कुरा हो। जग्गा त्यहाँ मात्र छैन। अन्यत्र पनि ग्राउण्ड बनाउन सकिन्छ।’ कुबेरले जे भनेपनि उनीबाहेक सो ठाउँका ३८ घर स्थानीय खेलमैदान बनाउने पक्षमा देखिएका छन्।
त्यसोत, खेलमैदान निर्माण सुरु भएपछि होलेसुङ समुह नामक संस्थाले पनि खेल मैदान बनाउँदा ऐतिहासिक हलेसीगढी ध्वस्त हुने भन्दै विवाद झिकेको थियो।
होलेसुङ समुह नामक संस्था आधिकारीक नभएको पुष्टि पनि भएको छ। होलेसुङ समुहमा संयोजककै रुपमा काम गर्दै आएका भुपेन्द्र कुमार राईलगायतले उक्त समुहमा नरहने भन्दै सामाजिक संजालमार्फत धारण राखिसकेका छन्।
समुहको संयोजकले नै आफू समुहको संयोजकमा नरहने र समुह आधिकारीक नभएपछि उनकै नेतृत्वमा कार्यदल समेत गठन भएको छ।
ऐतिहासिक होलेसुङगढी र चण्डीडाँडा सामुदायिक वनमा क्षती पुग्ने भन्दै सव–डिभिजन वन कार्यालय, डिभिजन वन कार्यालय, वन तथा भू–संरक्षण विभाग र अख्तियारमा उजुरी परेपनि खेलमैदान निर्माण गरिएको ठाउँमा घना जंगल भनिएको भएपनि घङ्गारुघारी मात्र पाइएको छ। ऐतिहासिक होलेसुङगढीमा क्षती पुग्नु भनिएको भएपनि खेलमैदान निर्माण भएको ठाउँबाट करिव २ किलोमीटर टाढा गढी पर्छ।
नेकपा माओवादी केन्द्र हलेसी तुवाचुङ नगर कमिटिले निकालेको विज्ञप्ती यस्तो छ :

